बिर्तामोड १४ भदौं । बीरता लेडी जेसीजले अपाङ्गता भएका व्यक्तिहरुलाई आज आयोजित एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको छ ।
बीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शारीरिक अपाङ्गता भएका वडा नं ४ का १५ परिवारलाई चामल, दाल, नून तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि संग्रौला, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे । सुमित्रा भट्टराईले स्वागत गरेकाे कार्यक्रममा आस्थावाचन मन्जु ओेलीले र सञ्चालन महासचिव हिमा पाैडेलले गर्नु भएकाे थियाे
बीरता लेडी जेसीजद्वारा खाद्यान्न वितरण

































































































