
रोसन भट्टराई । नेपाल महिला चेम्बर बुद्धशान्तिको आयोजनामा भदौ १० गते बुधबारे स्थित रामजानकी मन्दिरको प्रांगणमा एक दिने व्यावसायीक मनोरञ्जनात्मक तीज मेला लगाइने भएको छ ।
स्थानीय स्तरमा उत्पादन गरिने विभिन्न कृषिजन्य सामग्रीहरुको प्रदर्शनी, श्रृंगारका सामगी पर्दशनी, ढाकाको कपडा, हस्त निमार्णका सामग्री बुद्धशान्तिको विभिन्न अर्गानिक उत्पादन, उपहारको सामानहरु, गुडिया गिफ्ट आइटम आदी सहितको स्टल रहने मेला बुद्धशान्तिमाकै पहिलो व्यवसायीक मेला रहेको महिला चेम्बर बुद्धशान्तिकी सदस्य सेमी केसी प्रसाईँले बताएकी छिन् ।
स्थानीय स्तरमा रहेका व्यवसायहरुको प्रर्वद्धनका तथा मनोरञ्जनका लागि आयोजना गरिएको यस मेलामा विभन्न साहित्यीक तथा सांस्कृति कार्यक्रम समेत रहेको नेपा महिला चेम्बरकी अध्यक्ष देवकुमारी शेर्माले बताएकी छिन् ।
































































































