Homeबुद्धशान्तिगाउँमै रोजगारी, 'सुनमाई झरना'मा ७.३ पिएच

गाउँमै रोजगारी, ‘सुनमाई झरना’मा ७.३ पिएच

बुद्धशान्ति । कामको मेलोमेसो नपाएर घरमै दिन विताइरहेका झापा बुद्धशान्तिका जीवन गेलाल यतिबेला निकै खुशी छन् । गाउँघरमै काम पाएपछि उनको जीवनमा खुशी छाएको हो ।
झापाका उद्योगी–व्यवासायी मिनप्रकाश मैनाली नेतृत्वको टिमले सुनमाई झरनाको पानी ल्याएर बुद्धशान्ति–७ मा शुद्ध पिउने पानी उत्पादन गर्न थालेसंगै त्यही पानी उद्योगमा रोजगारी पाएका गेलालले भने–‘गाउँघरमा काम पाइएको छ, घर परिवारसंगै बसेर, विहान बेलुका संगै भात खाएर रोजगारी पनि पाएको छु, यो भन्दा सहज के होला र !’
गाउँमै रोजगारी पाएका गेलालले अर्काको देशमा गएर पसिना बगाउनु भन्दा थोरै खाएर भएपनि आफ्नै देशमा मेहनत गर्दा राम्रो हुने बताउँदै भने–‘अर्काको देशमा गएर के दुःख गर्नु, गर्दा त आफ्नै ठाउँमा पनि हुँदो र छ नी, घरपरिवारसंगै बसेर काम गर्दा आनन्द हुन्छ ।’ गेलाल सुनमाई झरना पानीको बोतलमा लेवल टाँस्ने काम गर्दै आएका छन् ।
उद्योगमा कामदारकै रुपमा काम गर्दै आएकी समिक्षा राईले पनि रोजगारी पाएकोमा खुशी व्यक्त गरिन । पानी प्रोसेसिङका क्रममा पानीको कार्टुन निर्माण हुने ठाउँको मुख्य जिम्मेवारी पाएकी उनले नयाँ काम गर्न पाउँदा खुशी लागेको बताइन । उनले भनिन्–‘मुख्य कुरा घरको खाना खाएर काम गर्न पाएका छौं, बाबा आमासंगै बसेर काम गर्न पाउँदा खुशी नहुने त कुरै भएन ।’ उद्योगमा हाल १५ जनाले रोजगारी पाएको पानी प्रोडक्सन म्यानेजर सुनिल भण्डारीले बताए ।
इलामको रोङ गाउँपालिका–३ को क्युरेमा रहेको झरनाको पानीको मुहान नजिकै ट्याङ्की निर्माण गरी सोही ट्याङ्कीमा ३ स्टेप फिल्टर गरेपछि पाइपको माध्यमबाट बुद्धशान्ति–७ मा उद्योगसम्म ल्याइएको भण्डारीले बताए ।
अढाई करोड रुपैयाँ लगानी गर्दै मिनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले सुनमाई वाटर प्रा.लि. सञ्चालन गर्दै सुनमाई झरना पानी बजारमा ल्याएका हुन् ।
मिनप्रकाश मैनाली मुख्य जिम्मेवारीमा रहेका सुनमाई झरना पानीको बजार प्रमुखको जिम्मेवारी हरि मैनालीले सम्हालेका छन् भने प्रोडक्सन प्रमुखको जिम्मेवारी सुनिल भण्डारीले लिएका छन् ।


पहाडको पानी झापासहित तराईबासीलाई चखाउने उद्देष्यले निकै ठूलो प्रयासपछि मात्र सफल भएको बताइएको छ । प्रा.लिले गत चैतबाट सुनमाई झरना ब्राण्डको प्रशोधित पिउने पानी बजारमा ल्याएको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार सञ्चालनमा आएको उद्योगको दैनिक १२ सय कार्टुन पानी उत्पादन गर्ने क्षमता रहेको भण्डारीले बताए । शुरुवाती चरण भएकोले अहिले क्षमता भन्दा कम पानी उत्पादन भइरहेको बताइएको छ ।
राष्ट्रिय पिउने पानीको मापदण्ड अनुसार पनि सुनमाई झरना पानी उच्च रहेको भण्डारीले बताए । राष्ट्रिय पिउने पानीको मापदण्ड अनुसार सुनमाई झरना पानी ७.३ पिएच भएको प्रयोगशालाले देखाएको छ ।
पिउने पानीको न्यूनतम मापदण्ड अनुसार कम्तिमा ६.५ र अधिकतम ८.५ पिएच भएको पानीमात्र पिउनका लागि योग्य मानिन्छ ।
बोट्लिङका लागि आफैं बोटल समेत उत्पादन गरेको सुनमाई झरना पानी डाइरेक्ट हातले नछोइ प्रशोधनदेखि प्याकेजिङ हुँदै उपभोक्तासम्म पुग्नुले पनि पानी शुद्धिकरणको अवस्था अनुमान गर्न सकिन्छ ।


तराईमा जमिनमुनिबाट तानिएको पानीमा अम्लीयपन बढी हुने जानकारहरु बताउँछन् । स्वास्थ्यका लागि अम्लीयपन भएको पानी भन्दा अल्कोलाइन वाटर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । पहाडको फेदीबाट ल्याइएको जरुवा पानी सुद्धीकरणका विभिन्न प्रक्रिया पूरा गरिएको सुनमाई झरना ब्राण्डको पानी अल्कोलाइन वाटर भएको प्रोड्युसर प्रमुख भण्डारीले बताए । पूरा गरी बजारमा पानी ल्याइएको र पानीको गुणस्तर उपभोक्ताले बुझ्न थालेको उनको दावी छ । अन्तराष्ट्रिय मापदण्डको अमेरिकन प्रविधिको मेसिन प्रयोग गरि उत्पादन गरिएको पानी अहिले बजारमा आएको पानीको भन्दा १० रुपैयाँ महंगो पर्ने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बुद्धशान्तिगाउँमै रोजगारी, 'सुनमाई झरना'मा ७.३ पिएच
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img