Homeकचनकवलकचनकवलका विद्यालयमा तालाबन्दि

कचनकवलका विद्यालयमा तालाबन्दि

Published By Roshan : friday : 7:15PM झापाको कचनकवल गाँउपालिकाले निर्धारणगरेको शिक्षा नीति गलत भएको भन्दै आज संयुक्त विद्यार्थी संगठनले गाउपालिका भित्रका कक्षा ११ र १२ पढाई हुने विद्यालयका लेखा शाखामा तालाबन्दि गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन ।

गाँउ पालिकाले यसै शैक्षिक सत्रबाट लागुहुनेगरि अबलम्बन गर्नलागेको १ विद्यालय १ संकायको नीति लगतभएको भन्दै विद्यार्थी संगठनहरुले आज चरणबद्ध आन्दोलनको घोषणा सहितको ज्ञापनपत्र बुझाएको हो । संयुक्त बिद्यार्थी संगठनले केहि दिन अघिदेखी नै गाउपालिकाको शिक्षा शाखामा सो निर्णयलाई फिर्ता लिन बारम्बर माग गर्र्दै यस अघि पनि ज्ञापन पत्र बुझाएका थिए । तर स्थानीय सरकारले विद्यार्थीहरुको मागलाई वेवास्थागरि अघि बडन खोजेपछि विद्यार्थी संगठनहरुले आज फेरि आन्दोलनका कार्यक्रम सहित ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थी संघ झापाका सचिब नारायण नेपालले जानकारी दिनुभयो । अनेरास्व वियूका झापा जिल्ला सचिब रोशन मोक्तान, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भक्त विक र नेपाल विद्यार्थी संघका झापा सचिब नारायण नेपालद्धार हस्ताक्षरीत विज्ञाप्तीमा चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । पूर्वघोषित कार्यक्रम अनुसार आज गाउपालिका भित्रका कक्षा ११ र १२ अध्यापन हुने विद्यालयका लेखा शाखामा तालाबन्दि गर्नुका साथै ज्ञापन पत्र बुझाएका छन । यसैगरि भदौ १ गते गाउपालिकामा विद्यार्थीको धर्ना, भदौ २ गते गाउपालिकाका सवै माद्यामिक विद्यालयहरुका प्रशासन कक्षमा तालाबन्दि तथा जनप्रतिनिधिलाई प्रबेश निषेधगर्ने, भदौ ३ गते गाउपालिकाको शिक्षा शाखामा तालाबन्दि गर्ने, र भदौ ४ गते कचन कवल गाउपालिका का सवै शैक्षिक संस्थामा आम हडतालगर्ने कार्यक्रम रहेका छन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
कचनकवलकचनकवलका विद्यालयमा तालाबन्दि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img