दिपेश भट्टराई । बुधबारे ।

विगत केही वर्ष यता देखि बुद्धशान्ति गाउँपालिकामा संचालनमा आएको बाँस्तोला मोटर ड्राइभिङले अहिले आफ्नै ट्रायल सेन्टर स्थापना गरि प्रशिक्षण गराउन थालेपछि सिकाईमा प्रभावकारी बढेको ड्राइभिङ सिक्न आउने विद्यार्थीले बताएका छन् ।
टाढाबाट ड्राइभिङ सिक्न आउने व्यक्तिहरुलाई होस्टलको समेत व्यवस्था गरेर ड्राइभिङ सिकाइले भएकोले पछिल्लो समय यस ड्राइभिङ सेन्टरको लोकप्रियता बढेको बताइएको छ । दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट ड्राइभिङ सिकाइने, आफ्नै ट्रायल सेन्टरमा लाइसेन्स तयारीका लागि आवश्यक प्रयोगात्मक अभ्यास गराइने तथा विभिन्न सवारी चालकले ध्यान दिनु पर्ने नियमहरुका बारेमा समेत तालिम दिइने भएकोले प्रशिक्षार्थीहरु यस सेन्टर प्रति सन्तुष्ट रहेको सेन्टरका संचालक जीवन दाहालले बताए ।
यस सेन्टरको कार्यालय बुधबारे बजार सब्जीलाइनमा रहेको तथा ड्राइभिङ सिक्न चाहने व्यक्तिले ९८४२६९८३८७ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
त्यस सेन्टरमा सिक्न आउने व्यक्तिहरु बाँस्तोला मोटर ड्राइभिङ प्रति धेरै सन्तुष्टि भएको बताउँछन् । ड्राइभिङ सिक्न इच्छुकले निम्न सम्पर्कमा सम्पर्क गर्नुहोला ।
































































































