Homeसमाचारबस्नेतलाई जिम्मेवारी दिने देउवाको घोषणा

बस्नेतलाई जिम्मेवारी दिने देउवाको घोषणा

विर्तामोड ३२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल कुमार बस्नेतलाई केन्द्रीय समितिमा जिम्मेवारी दिने घोषणा गर्नुभएको छ ।
२००७ साल अघिदेखि नै प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्नु भएका स्वर्गीय टुङ्गबहादुर बस्नेतप्रति शोक समवेदना व्यक्त गर्न बस्नेत निवासमा आइपुग्नु भएका सभापति देउवाले शोक वक्तव्य राख्ने क्रममा यस्तो घोषणा गर्नुभएको हो ।
स्वर्गीय टुङ्गबहादुर बस्नेत र उहाँको परिवारले प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँले कांग्रेसको राजनीतिमा सक्रिय रहनु भएका गोपालकुमार बस्नेतलाई यस अघि राष्ट्रियसभा सदस्यमा आफूले मनोनयन गरेको स्मरण गर्नुभयो ।
राष्ट्रपतिले आफ्नो अधिकार क्षेत्र मिचेर मनोनित सांसदहरुको नाम अनुमोदन नगरेको आरोप लगाउँदै सभापति देउवाले भन्नुभयो–‘टुङ्गबहादुर बस्नेत जिवितै छँदा उहाँका छोरा गोपालकुमारलाई म केही जिम्मेवारी दिन चाहन्थे, उहाँ स्वस्थ्य हुनुहुन्थ्यो, यति छिट्टै भौतिक शरीर नास हुन्छ भन्ने कल्पनै गरेको थिइन् ।’
शोकसभामा नेकपाका नेता मनकुमार गौतमले शोक मन्तव्य राख्दै राजपरिवारको दवावपूर्ण राजनीतिक वातावरणमा पनि जनताको जीउधनको रक्षाका लागि स्व. टुङ्गबहादुर बस्नेतले आवाज उठाएको स्मरण गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले पार्टी केन्द्रीय समिति र झापा समितिको समवेदना पत्र वाचन गर्दै टुङ्गबहादुर बस्नेतले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । शोकसभामा नेपाल महिला संघ, नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रेस युनियन झापा, नेपाली कांग्रेस–२ नंं क्षेत्रीय समिति, विर्तामोड नगरसमिति, नेपाल दलित संघ लगायत दर्जनबढी संस्थाले समवेदना पत्र बस्नेत परिवारलाई हस्तान्तरण गरेका थिए ।
परिवारका तर्फबाट गोपालकुमार बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबस्नेतलाई जिम्मेवारी दिने देउवाको घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img