बुधबारे । बुधबारे जेसीजले कोरोना संक्रमीतको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँयाँ सहयोग गरेको हो ।
सो रकम बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक तथा बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिनुभयो । रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला जेसीजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष सेमन्त पोखरेल, रमेस बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, उपाध्यक्ष अनिल घिमिरे लगायतको उपस्थिति रहेको महासचिव सुजित बरालले जनाउनु भयो ।
बुधबारे जेसीजले आइतबार कोरोना परीक्षणका लागि आवश्यक एन्टिजेन टेष्ट किट गाउँपालिकालाई प्रदान गरेको थियो भने कोरोना नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कोरोना संक्रमीतको उपचारका लागि बुधबारे जेसीजको सहयोग

































































































