HomeFeatured 2नेपालमा कोरोना संक्रमण बृद्धि दर उच्च, दुईसय २८ प्रतिशतले बढ्दै

नेपालमा कोरोना संक्रमण बृद्धि दर उच्च, दुईसय २८ प्रतिशतले बढ्दै

झापा । कोरोना संक्रमणका दृष्टिले नेपाल दक्षिण एसियाकै खतराको सूचीमा रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलने क्रम तीब्र रुपमा बढेको पाइएपछि विज्ञहरुको यस्तो भनाई आएको हो । पछिल्लो समय कडा लक्षणका संक्रमित भेटिन थालेपछि धेरैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएपछि अस्पतालका शैय्याहरू भरिँदै जान थालेका छन्।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण बृद्धिदर दुईसय २८ प्रतिशतले बढेको छ । अघिल्लो हप्ताको तुलनामा नेपालमा २ सय २८ प्रतिशतले संक्रमण दर बढेको डा. अर्चना श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठले भन्नुभयो –नेपालको संक्रमण वृद्धिदर उच्च तहमा पुगेको छ, संक्रमण दर यही रेसियोमा बढेमा दैनिक १ सय ४९ जनासम्मको ज्यान जान सक्छ ।
दोस्रो लहरमा देखिएको संक्रमण कडा हुँदा छिटो भर्ना गरेर उपचार गराउनुपर्ने संक्रमित अझ धेरै भएको डा. शेरबहादुर पुनको भनाई छ । पुनले भन्नुभयो–यसपटकको संक्रमण कडा खालको देखियो, जसले गर्दा छिटो भर्ना भएर उपचार गराइहाल्नुपर्ने तथा धेरैजसो संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने अवस्था छ।‘

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपालमा कोरोना संक्रमण बृद्धि दर उच्च, दुईसय २८ प्रतिशतले बढ्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img