Homeसमाचारमनमोहनमा डाईलाइसिस सेवा शुरु, रोटरीद्वारा १ करोड २० लाखको सामग्री हस्तान्तरण

मनमोहनमा डाईलाइसिस सेवा शुरु, रोटरीद्वारा १ करोड २० लाखको सामग्री हस्तान्तरण

विर्तामोड । विभिन्न सामाजिक काम गर्दै आएको रोटरी क्लब अफ विर्तामोडले मिर्गौला रोगको डाइलाईसिस प्रयोजनका लागि एककरोड २० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
रोटरीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त मूल्य बराबरको सामग्री विर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताललाई हस्तान्तरण गरेको हो ।
समयमा डाइलाईसिस सेवा नपाउँदा मिर्गौलाका विरामीको ज्यान नै जानसक्ने खतरा नआओस भन्ने उद्देश्यले रोटरीले इन्टरनेशनल, रोटी क्लब अफ विर्तामोड र रोटरी क्लब अफ गाजियावाद भारतको सहयोगमा उक्त मूल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


रोटरी क्लब अफ विर्तामोड २०२०–२०२१ का अध्यक्ष प्रशान्त भण्डारी, संयोजक शुभ कुमाई पाठक सन् २०१९–०२० का अध्यक्ष शिवकुमार अग्रवाल र मनमोहन अस्पतालका अध्यक्ष नरेश खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सात थान डाइलाईसिस मेसिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन १ थान, वाटर प्युरिफायर सिस्टम र ७ थान इलेक्ट्रिक बेड अस्पताललाई हस्तान्तरण गरिएको उल्लेख छ ।
जापानिज कम्पनीद्वारा निर्मित उक्त स्वास्थ्य सामग्री अस्पतालको पहिल र नेपाल सरकारको सहयोगमा भन्सार शुल्क विना नै सामान आयात गर्न सफल भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
प्राप्त उपकरण जडान गरि अस्पतालले डाइलाईसिस सेवा समेत सुचारु गरिसकेको जानकारी दिनुभयो ।
नेपाल सरकारले तय गरेको सहुलियत शुल्क अर्थात रु. २५ सयमा नै सेवा प्रदान गरिने मनमोहन अस्पतालका अध्यक्ष खरेलले बताउनु भयो ।
नेपाल सरकारको अनुदानमार्फत डायलायसिस सेवा प्रदान गर्ने प्रकृया समेत शुरु गरेको जानकारी दिंदै क्लबका सन् २०१९ का अध्यक्ष शिव अग्रवालले उक्त प्रक्रिया नेपाल सरकारबाट स्वीकृत भएपछि निशुल्क सेवा प्रवाह गर्ने अस्पताल र क्लबबीच सम्झौताभएको बताउनु भयो ।
झापाको मेची अञ्चल अस्पताल, विर्ता सिटी अस्पताल र वि.एण्ड.सी अस्पतालले डायलाइसिस सेवा प्रभाव गर्दै आएका छन् । मनमोहन अस्पतालमा सात बेडको डायलाइसिस सेवा सुचारु भएपछि मिर्गौला पीडित विरामीलाई केही मात्रामा भएपनि राहत मिल्ने अपेक्षा गरिएको रोटरी क्लबले जनाएको छ ।
विर्तामोड स्वास्थ्य सेवाका लागि ‘हव’ बन्दै गएको र यहाँको जनघनत्व तथा स्वास्थ्य सेवाको मनन गरी सर्वसाधारणले सहुलियत मूल्यमा सेवा पाउन् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
एकजना व्यक्तिको एकपटकको डाइलाईसिस शुल्क लगभग दुईहजार तीनसय ५० रुपैयाँ खर्च आउने बताइन्छ । तर डाइलाइजर र रि–प्रोसेसङि मार्फत डायलाईसिस मेसिनको पुनः प्रशोधन गरी सातपटकसम्म प्रयोग गर्न सकिने भएपछि रि–प्रोसेसिङबाट डायलाइसिमिा लाग्ने खर्च लगभग डेट देखि दुईसय कम आउने बताइएको छ । प्राप्त उक्त मुनाफाबाट डायलाइसिस सेन्टर सञ्चालन गरिने पनि बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमनमोहनमा डाईलाइसिस सेवा शुरु, रोटरीद्वारा १ करोड २० लाखको सामग्री हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img