भद्रपुर । सदरमुकाम समेत रहेको पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा पहिलो पटक सार्वजनिक शौचालय बन्ने निश्चित भएको छ ।
टे«डयुनियन चोक महेन्द्र पार्क स्थित चन्द्रगढीमा रोट्ररी क्लब अफ भद्रपुर तथा झापाली समाज अष्टे«लियाको संयुक्त लगानीमा सम्पन्न गरिन लागेको शौचालयको नगरप्रमुख जीवन श्रेष्ठले बुधवार शिलान्यास गरेसंगै शौचालय निर्माण हुने पक्का भएको हो ।
भद्रपुर नगरपालिकाको सहयोगमा शौचालय निर्माणका लागि समाज तथा क्लवको १५ लाखको लागतमा अबको २ महिनामा निर्माण कार्य सम्पन्न हुने बताइएको छ । सो अवसरमा नगर प्रमुख श्रेष्ठले शौचालय निर्माणले जिल्ला भित्रबाट सरकारी सेवा लिन आउने तथा अन्य आम नागरिकलाई सेवा पुग्ने बताउदै शौचालय निर्माण कार्यका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष आदित्य पराजुलीले समाज सेवा क्लवको मुल दायित्व भएको उल्लेख गर्दै २ महिना अवधीभित्रै शौचालय निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भयो ।
उहाँले शौचालयमा ६ वटा वाथ रुम र ४ वटा युरिन सहितको महिला तथा पुरुषको छुट्टाछुटै शौचालय निर्माण गरिने बताउदै क्लबले निकट भविष्यमा भद्रपुर ८ स्थित सगरमाथा चोकमा क्लव टावर निर्माणको योेजना रहेको समेत जानकारी दिनुभयो ।
पराजुलीको अध्यक्षता तथा सचिव ईश्वर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत सहित औचित्यमाथी टिकाराज ढकालले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा समाजकी कोअर्डिनेटर सोनु पुडासैनी, भद्रपुर वडा नं. ८ का वडाध्यक्ष गौरब सुब्बा मनोज लगायतले मन्तव्य राख्नु भएको थियो ।
विक्रम सम्बत २०५८ सालमा नगरपालिकाबाट पिसाव गर्न मात्र प्रयोग गरिने गरि बनाईएको सामान्य प्रकारको शौचालयलाई पछिल्लो पटक नगरपालिकाले वेवास्ता गरे पछि अत्यन्त जीर्ण भएको थियो ।
भद्रपुरमा सार्वजनिक शौचालयको शिलान्यास

































































































