HomeFeatured 2महासंघको नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना

महासंघको नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना

विर्तामोड । नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि चैत २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको निर्वाचन सम्पन्न गर्न श्रमजीवि व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलका संयोजक कृष्ण हुमागाँईको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघको जिल्ला शाखाको नेतृत्व तथा प्रदेश परिषद र केन्द्रीय परिषदमा निर्वाचितलाई बधाई तथा शुभकामना दिइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले नयाँ नेतृत्वलाई महासंघको गरीमा र इतिहासलाई कायम राख्दै रचनात्मक काम गरेर उचाईमा पुर्याउन सुझाउदै आदिवासी जनजाति, पिछडिएका समुदाय भित्रपनि संचारलाई प्रवेश गराउन,सिमामा देखिएका नेपाल भारतबीचका समस्या समाधानका लागि भारतका पत्रकारहरुसंग समन्वय गरेर सिमा विवाद र मिचिएका ठाउँको बारेमा छलफल चलाउन महासंघको निर्वाचित नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल , केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, प्रेस संगठनका केन्द्रीय सदस्य बिमल लामिछाने प्रेस चौतारी झापाका अध्यक्ष मुक्ती पौडेल, फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखिया लगायतले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा महासंघका नवनिर्बाचित अध्यक्ष एकराज गिरीले महासंघलाई सवैको अपनत्व हुने गरीको बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दू पूर्वेलीले स्वागत गरेको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक हुमागाईंले औचित्यमाथी प्रकाश पार्नु भएको थियो । महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार संघ झापाका सचिब नरेन्द्र ढकालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महासंघको नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img