Homeसमाचारराप्रपा विकल्प बनेर आउने

राप्रपा विकल्प बनेर आउने

काभ्रे २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिएको अभिव्यक्ति आपत्तिजनक, हतास मानसिकताको उपज र संविधानको भावना बिपरित रहेको बताएका छन् ।
प्रचण्डको भनाइ जनयुद्धकालिन भाषा शैली र अधिनायकवादी सोचको द्योतक भएको भन्दै थापाले प्रधानमन्त्री भइसकेको र फेरि प्रधानमन्त्री हुन इच्छा राख्ने ब्यक्तिले यस्तो अभिव्यक्ति अशोभनीय भएको बताए ।
१ सय गुरिल्ला, भरुवा बन्दुक र एउटा पेस्तोलबाट राज्य सत्ता र तत्कालीन ब्यबस्थालाई च्यालेन्ज गर्ने प्रचण्ड १७ हजार मान्छे मर्ने र मराउने कार्य गर्न सक्ने क्षमता भएका व्यक्तिका रुपमा प्रचण्डलाई चित्रण गर्दै थापाले कांग्रेस र एमालेलाई सिद्धान्त च्युत गर्न सफल हुनु दाहालको सफलता भएको बिचार ब्यक्त गरे ।
कांग्रेसलाई वीपीको बिचार र एमालेलाई मदन भण्डारीको बिचारबाट च्युत गराउनुका साथै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता बिदेशी एजेन्डा भित्र्याउन समेत सफल प्रचण्ड राजसंस्था र राजसंस्था पक्षधर सङ्ग तर्सिनु आश्चर्य भएको थापाको टिप्पणी थियो ।
अरुलाई सिद्धान्त च्युत गरे जस्तै राप्रपाको चट्टानी अडानलाई सिद्धान्तच्युत गर्न नसक्दा अध्यक्ष दाहाललाई छटपटी भएको टिप्पणी गर्दै थापाले भने–‘हामीले जोडले सास फेरे मात्रै पनि उहाँहरुलाई गाह्रो हुने देखियो ।’
राष्ट्रिय सार्वभौमिकता, एकता र अखण्डता बाहेक सबै परिर्तनिय भएको भन्दै थापाले कांग्रेस र कम्युनिष्टको बैचारिक विकल्प राप्रपाले मात्र दिन सक्ने दाबी गरे । भ्रष्टाचार गर्ने, बेरोजगार बढाउने, बिकास नगर्ने, बिदेशीको चाकरी गर्ने, राष्ट्रियता कमजोर बनाउने काम तीब्र गतिमा भएकोले आगामी दिनमा राप्रपा बिकल्प बनेर आउने थापाले दावी गरेका छन् ।
प्रजातन्त्र ब्यवस्था हो यसको बिकल्प नभएको भन्दै थापाले गणतन्त्र वा राजसस्था ब्यबस्था नभई शासकिय स्वरुप मात्र भएको बताए । कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा र बुद्धिमान तामाङले पार्टीलाई बलियो शक्ति बनाउन देशब्यापी अभियान संचालन गर्ने बताए । प्रशिक्षणमा सातै प्रदेशका प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराप्रपा विकल्प बनेर आउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img