HomeFeatured 2सिम्रिक साकोसको इलाममा एकैपटक दुई शाखा विस्तार

सिम्रिक साकोसको इलाममा एकैपटक दुई शाखा विस्तार

बिर्तामोड । झापाको विर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा शाखा विस्तार गरेको छ ।
२०६७ सालमा स्थापना भएको सिम्रिक साकोसले २४ औं सदस्य सेवा केन्द्रको रुपमा इलाम नगरपालिका–७ इलाम बजारमा र २५ औं सदस्य सेवाकेन्द्रको रुपमा सूर्योदय नगरपालिका – १० फिक्कलमा सेवा विस्तार गरेको हो । यस अघि इलामको दानावारीमा सेवाकेन्द्र विस्तार गरिसकेको थियो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिम्रिक साकोसका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको गतिविधी माथी प्रकाश पार्दै सिम्रिक साकोसले प्रदान गर्ने सम्पूर्ण वित्तिय सेवा इलाम शाखाबाट प्रदान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक इलामका प्रमुख मनोज लामिछाने,उद्योग वाणिज्य संघ इलामका कार्यकारी निर्देशक नविन लामिछाने, होटल एशोसिएसन इलामका अध्यक्ष तथा प्रदेश उपाध्यक्ष देवी पौडेललगायतले सिम्रिक साकोसले इलाममा सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा सानिमा बैंक इलाम शाखा प्रमुख समिना बस्नेत, एक्सेल बैंक इलाम शाखा प्रमुख अंरीक ढकाल, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोमनाथ सुसेली, पत्रकार सुवर्ण खड्का , जागृती साकोसका टीका ढकाल लगायतले इलाममा शाखा स्थापना गरेकोमा सिम्रिक साकोसलाई शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन सिम्रिक साकोसका तालिम विभाग प्रमुख प्रेम वस्नेत(विजय)ले गरेको इलाम शाखा प्रमुख दिपेन भट्टराईले जानकारी दिए ।
त्यस्तै सिम्रिक साकोसले २५ औं सदस्य सेवाकेन्द्रको रुपमा सूर्योदय नगरपालिका – १० फिक्कलमा सदस्य सेवाकेन्द्र स्थापना गरेको छ ।


संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सूर्योदय नगरपालिका वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामाले फिक्कल सदस्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एकाराम प्रधानले फिक्कलमा सिम्रिक साकोसले सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरेका थिए भने कार्यक्रममा सूर्योदय नगर उद्योग वाणिज्य संघका सदस्य सुजन तिम्सिना लगायतले फिक्कलमा शाखा स्थापना गरेकोमा सिम्रिक साकोसलाई शुभकामना दिएका थिए ।
सिम्रिक साकोसका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख प्रेम बस्नेत (विजय) ले गरेको फिक्कल शाखा प्रमुख निरोज थापाले जानकारी दिनुभयो ।
संस्थाले प्रदान गर्ने सेवा सुविधा र अवस्थाबारे जानकारी दिंदै कार्यकारी प्रमुख बस्नेतले सिम्रिक साकोसको झापा, मोरङ र इलाम जिल्लामा रहेको २७ वटा सेवाकेन्द्रमा ३३ हजार छ सय चार जना शेयर सदस्य, शेयर चुक्ता पुँजी २० करोड ६७ लाख ४८ हजार पाँच सय ७० रुपैयाँ , निक्षेप ७२ करोड ५९ लाख २२ हजार पाँच सय ७४ रुपैयाँ , ऋण लगानी एक अर्ब २९ करोड २६ लाख ४४ हजार आठ सय ८० रुपैयाँ रहेको बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिम्रिक साकोसको इलाममा एकैपटक दुई शाखा विस्तार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img