Homeसमाचारकांग्रेसका शीर्ष नेताहरु झापा आउँदै

कांग्रेसका शीर्ष नेताहरु झापा आउँदै

विर्तामोड । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु झापा आउने भएका छन् ।
प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरीराजकुमारी प्रसाईको १३ औं पुण्य तिथी पारेर नेपाली कांग्रेस झापाले आगामी चैत २३ गते आयोजना गर्ने शोकसभालाई सम्बोधन गर्न सभापति देउवा झापा आउनु हुने भएको हो ।
चैत २४ गते बुद्धशान्ति–७ शान्तिनगरमा निर्माण भएको शहीद याम आचार्यको शालिक अनावरण लगायतका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिनुभयो ।
यसैगरी बरिष्ठ नेता रामचन्द्र पौैडेल आगामी बैशाख ४ गते झापा आउनु हुने भएको छ । गौरीगञ्ज–६ खगुरगाछीमा निर्माण भएको शहीद श्यामसुन्दर यादवको शालीक अनावरण लगायतका विभिन्न कार्यक्रममा पौडेलको प्रमुख आतिथ्य रहने नेपाली कांग्रेस झापाले जनाएको छ ।
त्यसैगरी गिरीराजकुमारी प्रसाईको निधनप्रति शोक व्यक्त गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला चैत १८ गते गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको छ ।
यसैबीच नेपाली कांग्रेस झापाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशी, प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरीराजकुमारी प्रसाईलगायत सातजना प्रजातन्त्रवादी नेताहरुको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा बसेको कांग्रेस कार्यसमिति, क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले स्व. जोशी, प्रसाई, प्रजातन्त्र सेनानी संघ झापाका पूर्व अध्यक्ष तमर राई, जिल्ला समितिका पूर्व सदस्य पर्शुराम राजवंशी, प्रतिवन्धित अवस्थामा बुद्धशान्ति गाउँसमितिका सभापति शुभनारायण राजवंशी, साविक धाइजन गाविसका पूर्व उपसभापति इन्द्रमणी सिटौला, महिला नेतृ ललिता भट्टराई लगायतको निधनप्रति शोक प्रस्ताव पारित गरिएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख कृष्ण हुमागाँईले जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला लगायतका नेताहरुले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुको निधनले देशलाई नै अपुरणीय क्षति पुगेको धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसका शीर्ष नेताहरु झापा आउँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img