HomeFeatured 2पूर्व प्रहरी संगठन झापाको साधारणसभा प्रतिनिधिद्वारा बहिष्कार

पूर्व प्रहरी संगठन झापाको साधारणसभा प्रतिनिधिद्वारा बहिष्कार

भद्रपुर । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति झापाको २६ औं बार्षिक साधारणसभालाई संगठन झापाका १५ वटै स्थाीय तहबाट आएका प्रतिनिधिहरुले बहिष्कार गरेका छन् ।
चन्द्रगढीमा सनिवार आयोजित सभामा सहभागी संगठनका साधारण सदस्यहरुले सभामा अध्यक्ष खेमराज कार्कीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन औपचारिकतामा मात्रै सिमित भएको भन्दै सभा बहिष्कार गरेका हुन् ।
संगठन साधारण सदस्य याम आचार्यले कार्य समितिले संगठनमा आर्थिक चलखेल गरेको हिसाब अपारदर्शी भएको भन्दै सभालाई बहिष्कार गरेको बताए।
संगठन कचनकवल अध्यक्ष देउमान् बुढाथोकीले केन्द्रिय संगठनले सदस्यहरुको गणपुरक संख्या पुरा नगरि सभाको आयोजना गरेको भन्दै केन्द्रले संगठनका सदस्यहरुको हित विपरित विधान ल्याउदा झापा संगठनले कुनै पहल गर्न नसकेको बताए ।
झापाका २३ सय बढी साधारण सदस्य रहदा ५० प्रतिशत भन्दा कम संख्यामा उपस्थित सदस्यहरु रहेको सभाको महत्व नहुने भन्दै साधारणसभा बहिष्कार गरेको सहभागी सदस्यहरुले बताएका छन् ।
उनीहरुले बर्तमान कार्य समिति आफु खुशी अघि बढ्ने गरेको बताउँदै पारदर्शी बैधानिक तवरले सभा संचालन नभएसम्म आफुहरु साधारण सभामा उपस्थित नहुने बताए ।
यता कार्य समिति अध्यक्ष खेमराज कार्कीले भने समितिबाट सामान्य त्रुटी भएको स्वीकार गर्दै यस्तो त्रुटी फेिर दोहोरिन नदिने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्ष कार्कीले सबैलाई सबै प्रकृया पुर्याएर आउँदै चैत २२ गते अर्को साधारणसभा गरिने जानकारी दिए । सदस्यहरुले भने जस्तो संगठनमा कुनै पनि आर्थिक हिनामिना नभएको संगठन सचिव अग्नि खड्काले जनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पूर्व प्रहरी संगठन झापाको साधारणसभा प्रतिनिधिद्वारा बहिष्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img