HomeFeatured 2नेत्रहीन संघको लाइब्रेरी व्यवस्थापनमा वीरता लेडी जेसीजको सहयोग

नेत्रहीन संघको लाइब्रेरी व्यवस्थापनमा वीरता लेडी जेसीजको सहयोग

विर्तामोड । नेत्रहीन संघ झापालाई अडियो लाइब्रेरीलाई व्यवस्थापनका लागि वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको छ ।
फागुन महिनाभरि वैवाहिक उत्सव र जन्मदिन परेका वीरता लेडी जेसीजका ६ जनाले खर्च कटाएर नेत्रहीन संघ झापालाई ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् ।
वीरता लेडी जेसीजले प्रत्येक महिनाको अन्तिममा ‘शुभ दिन शुभ कार्य’अन्तर्गत यस्तै सामाजिक र मानविय सेवा कार्य गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप फागुन भरि जन्मदिन र विवाह उत्सव परेका जेसीज सदस्यहरुको संयोजनमा यो कार्यक्रम गरिएको अध्यक्ष स्वस्तिका आचार्यले बताउनु भयो।
फागुन महिनाभरि बैवाहिक उत्सव परेका लेडी जेसीजका मन्जु ओली, पुजा काफ्ले खरेल, जन्मदिन परेका लीला खरेल, कोपिला सिटौला, सन्जु सापकोटा र उर्मिला खरेलका तर्फबाट सो सहयोग उपलब्ध भएको अध्यक्ष आचार्यले जानकारी दिइन् । सोही अवसरमा शनिबार जन्मदिन परेका बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले पनि नेत्रहीन संघलाई ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नेत्रहीनहरुका लागि अनवरत सहयोग गर्दै आएका शिक्षक खिलप्रसाद शिवाकोटीको प्रमुख आतिथ्य , लेडी जेसीज अध्यक्ष आचार्यको अध्यक्षता एवं सहयोगी राउतको विशेष आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड–४ की वडा सदस्य कविता थापा , इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष भूमिका पोखरेल , वीरता लेडी जेसीजका पूर्व अध्यक्ष एवं बिर्तामोड उद्योग वाणिज्य संघका जनासम्पर्क उपाध्यक्ष नैनकला भट्टराई , नेत्रहीन संघका निवर्तमान अध्यक्ष द्रोणचार्य निरौलालगायतले बोलेका थिए । कार्यक्रमका वक्ताहरुले नेत्रहीन संघलाई खर्चको अभावमा अडियो लाइब्रेरीका लागि कर्मचारी व्यवस्थापन गर्न गाह्रो भइरहेकाले अक्षय कोष स्थापना गरी त्यसबाट व्यवस्था मिलाउन सुझाव दिएका छन् । उनीहरुले अक्षय कोष स्थापनाका लागि बिर्तामोड नगरपालिकालगायत सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । जेसीजका महासचिव हिमा पोडेलले संचालन गरेको कार्यक्रमको उद्धेश्यमाथि निवर्तमान अध्यक्ष सुष्मा पौडेलले प्रकाश पार्नुभएको थियो । कोपिला सिटौलाले आस्था वाचन र जेसीआई मिसन/भिजन र नेपाल जेसीजको तथा शाखाको थिम उपाध्यक्ष अर्चना राउतले वाचन गरेको कार्यक्रममा स्वागत मन्जु ओलीले गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेत्रहीन संघको लाइब्रेरी व्यवस्थापनमा वीरता लेडी जेसीजको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img