Homeअर्जुनधाराबृद्धि भएको एकीकृत सम्पत्ति कर फिर्ता नभए आन्दोलनको चेतावनी

बृद्धि भएको एकीकृत सम्पत्ति कर फिर्ता नभए आन्दोलनको चेतावनी

विर्तामोड १९ साउन । एकीकृत सम्पत्ति करका नाममा बृद्धि गरिएको कर फिर्ता लिन माग गर्दै अर्जुनधारा नगरपालिका अन्तरगत नेपाली कांग्रेसका ११ वटै वडासमितिले नगरपालिका प्रत्येक वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली कांग्रेसका वडा सभापतिहरुको नेतृत्वमा अर्जुनधारा नगरपालिकाका–११ वटै वडाका वडाध्यक्षलाई ज्ञापनपत्र बुझाइएको नेपाली कांग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेलले जानकारी दिनुभयो । नेपाली कांग्रेसका अर्जुनधारा नगर सभापति हेमराज खरेल, अर्जुनधारा न.पा. ५ नं वडाका वडासभापतिद्वय देवीनाथ खतिवडा र तारानाथ बरालको नेतृत्वमा रहेको कांग्रेस कार्यकर्ताको टोलीले ५ नं वडाध्यक्ष ध्यानवहादुर भारतीलाई ज्ञापन पत्र बुझाएको थियो । अन्य १० वटै वडामा पार्टीका वडासभापतिको नेतृत्वमा वडा कार्यालयमा पुगेको कांग्रेस कार्यकर्ताको टोलीले स्थानीय वडाध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याउने लोकप्रिय नारासहित सत्तामा पुगेको दुईतिहाई वहुमतको कम्युनिष्ट नेतृत्वको सरकारले जनतालाई असहज हुने गरी लागु गरेको एकीकृत सम्पत्ति कर बृद्धि तत्काल फिर्ता नलिए नेपाली कांग्रेस जनताको पीरमर्कामा चुप लागेर नबस्ने चेतावनी दिइएको छ । ‘जनतालाई शोषण हुनेगरी ल्याइएको एकीकृत सम्पत्ति कर फिर्ता नभए जनताका बीचमा पुगेर चरणबद्ध रुपमा कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं’–११ वटै वडामा बुझाइएको एकै ब्यहोराको ज्ञापनपत्रमा भनिएको छ–‘स्थानीय जनताको व्यापक सहभागीता र नगरमा स्थापित र क्रियाशील राजनैतिक दलको परामर्श, सहकार्य, सुझाव र छलफलविना स्थानीय सरकारद्वारा लादिएको जनविरोधी कर फिर्ता लिई ब्यापक जनसहभागिता र छलफलपछि नयाँ कर निर्धारण गरियोस् ।’
जनताको आम्दानीको स्रोत, क्षमता र अवस्थाको मूल्याङ्कन गर्दै स्वेच्छा र रहरले कर तिर्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने नेपाली कांग्रेस पार्टीको ठहर रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा सरकारी निकायमा हुने भ्रष्टाचार र अनियमितताको अन्त्य गरी जनताको आर्थिक स्तर उकास्ने, सेवासुविधा विस्तार गर्ने नीति ल्याउन समेत स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
जनताका पीर मर्का समेटिएको नेपाली कांग्रेसको मागलाई सातदिनभित्र सम्बोधन नगरे चरणवद्ध आन्दोलनका कडा कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
अर्जुनधाराबृद्धि भएको एकीकृत सम्पत्ति कर फिर्ता नभए आन्दोलनको चेतावनी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img