Homeसमाचारराजनीतिमा नयाँ तरङ्ग

राजनीतिमा नयाँ तरङ्ग

झापा साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।
वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्ने क्रममा बोल्दै साताव्यापी पारिवारिक भ्रमणमा छोट्याएर नेपाल फर्किएका प्रचण्डले आइतबार पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएलगत्तै रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले ज्ञानेन्द्रसँग रहस्यमय भेट गरेको सूचना पाए लगत्तै नेपाल फर्किएका प्रचण्डले ज्ञानेन्द्र माथी कडा शब्दमा चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।
उनले भने–‘राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’ ।
प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे ।
शनिबार काठमाडौंमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । शनिवार नै रक्षामन्त्रीको ज्ञानेन्द्रसंगको भेट र प्रधानमन्त्री ओलीले पनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई सिंगापुरमा भेट्ने हल्ला चलेपनि नेपालको राजनीति निकै गर्माएको छ । कमल थापाले व्यवस्था परिवर्तन हुनुपर्ने भन्दै दिएको अभिव्यक्ति, रक्षा मन्त्रीको ज्ञानेन्द्रसंगको भेट, प्रधानमन्त्रीले पनि भेट गर्ने कुरा र भ्रमण छोट्याएर प्रचण्डको स्वदेश फिर्तीलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराजनीतिमा नयाँ तरङ्ग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img