Homeसमाचारफाउण्डेसनद्वारा पत्रकाररिता र संगीत पुरस्कार वितरण

फाउण्डेसनद्वारा पत्रकाररिता र संगीत पुरस्कार वितरण

काठमाडौं १८ साउन । हेमसरिता एकेडेमी फाउण्डेसनद्वारा स्थापित टंकप्रसाद रमादेवी पत्रकारिता पुरस्कार शनिबार काठमाडौंमा वितरण गरिएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा दुई हजार अमेरिक डलर राशीको राष्ट्रिय पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले पुरस्कृत भएका छन् । शिव गाउँलेसहित तीन पत्रकारसहित र कलाकार जेवी टुहुरे पुरस्कृत भएका हुन् । पुरस्कृत सबैलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार वितरण गर्नुभएको थियो ।

हेम–सरिता पाठक फाउन्डेसनको आयोजनामा भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पाँच सय अमेरिकी डलरको टंकप्रसाद–रमादेवी साधना पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम झापाका प्रबन्ध निर्देशक चन्द्र भण्डारी र त्यति नै राशीको टंकप्रसाद–रमादेवी प्रोत्साहन पुरस्कारबाट थाहाखबर डटकमकी दाङ समाचारदाता देविका घर्तीमगर पुरस्कृत गरिएको हो ।
त्यस्तै एकहजार अमेरिकी डलर बराबरको हेम–सरिता संगीत पुरस्कारबाट वरिष्ठ कलाकार जेवी टुहूरेलाई सम्मान गरिएको थियो । फाउण्डेसनका संरक्षक हेम पाठकले समाजमा भ्रष्टाचारले जरा गाडेको सरकारी संयन्त्र निष्प्रभावी भएको वर्तमानमा भ्रष्टाचारीलाई सामाजिक बहिस्कारको अभियान थाल्न आग्रह गर्नुभयो ।


हाल अमेरिकाको टेक्सासमा बसेर व्यवसाय सञ्चालन गर्दै आएका हेम–सरिताले पत्रकारितामा कलम चलाउने र संगीत साधनामा लाग्नेहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएका छन् । साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको फाउण्डेसनले कमजोर आर्थिक अवस्था भएका बालबालिकाले शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले त्यस्ता बालबालिकालाई पढाइमा लाग्ने खर्च व्यहोर्दै आएको छ ।
पुरस्कार छनौट समितिका संयोजक पूर्व पुरस्कृत पत्रकार तीर्थ कोइराला संयोजकत्वको टोलीले पुरस्कृत प्रतिभा छनौट गरेको थियो । स्मरणीय २०६८ सालमा कोइरालालाई तत्कालिन पत्रकार महासंघका सभापति रहेका शिव गाउँले सदस्य रहेको टोलीले पुरस्कारका लागि प्रतिभा छनौट गरेको थियो ।
छनौट समिति संयोजक तथा थाहाखबर डटकमका प्रधानसम्पादक समेत रहेका कोइरालाले प्रतिभा छनौट निष्पक्ष भएको बताएपनि यसअघि आफैंलाई पुरस्कारका लागि निर्णय गर्ने छनौट समिति सदस्य गाउँले र आफ्नै सञ्चारमाध्यममा कार्यरत घर्तीमगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्नुले उनको भनाई आफैंमा ‘कन्टोभर्सी’ भएको भन्दै पत्रकारहरुले नै संयोजक कोइरालाको आलोचना समेत गरेका छन् ।


कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले पाँच दशकअघि भ्रष्टाचारविरुद्ध लाग्न सक्ने प्रशासक पाइएको उदाहरण प्रस्तुत गर्दै भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने सुझाब दिए ।
फाउण्डेसनले २०६६ सालमा झापाबाट २०६७ सालदेखि वितरण गर्ने गरी पुरस्कारको घोषणा गर्दा आफ्ना मातापिता (टंकप्रसाद–रमादेवी) को स्थायी बसोबास रहेको झापामा क्रियाशील पत्रकार मध्ये बार्षिक एकजनालाई वितरण गर्ने घोषणा गरेका थिए । तर, तत्कालिन पत्रकार महासंघका सभापति गाउँले छनौट समिति सदस्य रहेकै बेला झापा जिल्लामा पुरस्कृत व्यक्ति छनौटको प्रक्रियामा दाताको भावना विपरित केन्द्रीय छनौट समितिले जालसाँजी गरेपछि झापा विशेष उक्त प्रोत्साहन पुरस्कारबाट झापाली पत्रकार बञ्चित हुँदै आएका छन् ।
फाउण्ेसनले २०६७ सालमा पहिलो पटक राष्ट्रिय पुरस्कारबाट जीवेन्द्र सिंखडालाई पुरस्कृत गरेको थियो । त्यसपछि तीर्थ कोइराला, हरिबहादुर थापा र राजन शर्मा(संयुक्त) र रविन्द्र मिश्र पुरस्कृत भइसकेका छन् ।
सामाजिक कार्यमा समेत विशेष योगदान गर्दै आएको फाउण्डेसनले २०७२ सालमा भुकम्पले नेपालका धेरै जिल्लाका भौतिक संरचना ध्वस्त भएसंगै एकवर्ष भुकम्प प्रभावितलाई लक्षित गर्दै सहयोग गरेको थियो भने एकवर्ष संरक्षक पाठकका पिता टंकप्रसादको निधन भएका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारफाउण्डेसनद्वारा पत्रकाररिता र संगीत पुरस्कार वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img