विर्तामोड १७ साउन । बैदेशिक रोजगारीबाट फर्किएका विर्तामोड–३ आफन्त टोलका ३९ वर्षीय छत्रबहादुर गदालका दुवै मिर्गौला खराब भएपछि उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
सात वर्षसम्म कतारमा काम गरेर फर्किएको दुई दिनपछि नै स्वास्थ्य परिक्षण गराउँदा दुवै मिर्गौला खराब भएको देखिएपछि उपचाररत रहेका गदालको हाल विर्तामोडस्थित विएण्डसी हस्पिटलमा डाइलोसिस भइरहेको गदालले बताएका छन् ।
सरकारी हस्पिटलमा निःशुल्क डाइलोसिस हुने भएपनि धेरै लामो समय पालो कुर्नुपर्ने भएपछि बाध्यताले नीजि अस्पतालमा डाइलोसिस गराउनु पर्दा कमजोर आर्थिक अवस्थाका कारण खर्च धान्न कठिन भएको भन्दै उपचारमा सहयोग गरिदिन उनले आग्रह गरेका हुन् ।
२०७६ असार १८ गते स्वदेश फर्किएका गदाल उपचारका काठमाडौंस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा समेत पुगेको बताइएको छ । दुवै मिर्गौला खराब भएका उनको मिर्गौला ट्रान्सप्लान्ट भन्दा अरु विकल्प नभएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएको बताउँदै गदालले उपचारमा सहयोग गरेरआफूलाई पुर्नजीवन दिन सबैसंग आग्रह गरेका छन् ।
उपचारमा सहयोग गरिदिन आग्रहमा

































































































