Homeशिवसताक्षीमौसम पूर्वानुमान र खाद्य कन्टेनरको अवलोकन

मौसम पूर्वानुमान र खाद्य कन्टेनरको अवलोकन

पाँचगाछी १७ साउन । नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखा र विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालित ‘मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रम’बारे जनप्रतिनिधि, उपशाखा र स्थानीयलाई जानकारी गराइएको छ ।
शिवसताक्षी नगरपालिकाको जनता बजारमा आयोजित एक कार्यक्रमका बीच बाढी पूर्व तयारी कार्यक्रमका बारेमा जानकारी गराउनुका साथै आपतकालिन उद्दार तथा राहत सामाग्रीहरु सहितको कन्टेनरको अवलोकन गराइएको हो।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा जिल्लाका सभापति लोकराज ढकालले नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागले पठाउने तीन दिने वर्षा पूर्वानुमानको आधारमा सुरक्षित हुन र पूर्वतयारीका लागि कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।

साथै विपद जोखिम न्युनिकरण गर्न कन्टेनरमा भण्डारण गरिएको सामाग्रीले सहयोगका बारेमा जानकारी गराउनु भयो ।
नेपाल रेडक्रस सोसाईटी पाँचगाछी उपशाखाको सभापति मिता सिटौलाको सभापतित्व तथा शिवसताक्षी नगरपालिका वडा नं.–४ का वडाध्यक्ष अधिकचन ताजपुरियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नंं– ५ का वडाध्यक्ष सत्यनारायण राजवंशी, वडा न.–६ का वडाध्यक्ष मनोज खुलाल कार्की, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति ढकाल वडा नं.–४ का वडासचिव कमला भेटवाल दुलाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रदेश न.–१ का कोषाध्यक्ष ओमप्रकाश गौतम, उपकोषाध्यक्ष प्रकाशचन्द्र खरेल, जिल्ला शाखाका मन्त्री चन्द्रप्रसाद चुडाल, कोषाध्यक्ष हेम खडका, उपमन्त्री विश्व थापा, सल्लाहाकारहरु भोला प्रसाद खतिवडा, भक्तिप्रसाद सिटौला, उपशाखाहरु शिवसताक्षी, पाचँगाछी र गौरीगन्जका सभापति तथा अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक हरिशरण खडकाले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिवसताक्षीमौसम पूर्वानुमान र खाद्य कन्टेनरको अवलोकन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img