Homeसमाचारसमाचार११ जिल्लाका ३०३ नयाँ सदस्यता अनुमोदन

११ जिल्लाका ३०३ नयाँ सदस्यता अनुमोदन

इलाम २६ मंसीर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको आज सम्पन्न बैठकले प्रदेश ११ जिल्लाबाट नयाँ सदस्यताका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाबाट सिफरिस भइआएका मध्ये ३०३ जनाको नयाँ सदस्यता अनुमोदन गरेको छ ।
नेपाल पत्रकार महासंघ १ नं. प्रदेश अध्यक्ष विक्रम लुईँटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाको उपस्थितिमा इलामको हर्कटेमा सम्पन्न बैठकले जिल्ला शाखाबाट सर्वसम्मत निर्णय गरी सिफारिस भइ आएका र कुनै गुनासो वा उजुरी नगरेका ११ जिल्लाका ३०३ जनाको सदस्यता अनुमोदन गरेको हो ।
जसमा ताप्लेजुङबाट १९ जना, पाँचथरका २४, झापा–३८, भोजपुर–८, सोलुखुम्बू ४०, इलाम–४८, मोरङ–२१, ओखलढुङ्गा २०, सुनसरी ५२, धनकुटा १४ र उदयपुर १९ जनाको सदस्यता अनुमोदन गरेको महासचिव विवेक गौतमले जानकारी दिनुभयो ।
त्यस्तै नयाँ सदस्यताका लागि सिफारिसमाथि उजुरी परेकाको हकमा जिल्ला शाखालाई सदस्यता दिनु वा नदिनु पर्ने कारणबारे ७ दिनभित्र जवाफ माग गरी संगठन समितिले कार्यसमितिको परामर्शमा आवश्यक निर्णय गर्ने निर्णय गरेको छ भने नविकरण सम्बन्धमा पनि सदस्यता नविकरणबारे उजुरी प्राप्त भएकाको हकमा जिल्ला शाखालाई स्पष्टिकरण सोध्न र तोकिएको मापदण्ड पूरा नगरेको भए निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका पदाधिकारीको नामावली माग गरी त्यस्ता व्यक्तिहरुको नामावली खारेज गर्ने निर्णय गरेको छ ।
नयाँ सदस्यता सिफारिस तथा नविकरण सम्बन्धमा मोरङका ४, सुनसरी–११, ओखलढुङ्गा–१५, तेह्रथुमका–६, धनकुटा–१६, उदयपुर–२१, खोटाङका–१४ जना उजुरी परेकोले सम्बन्धित जिल्ला शाखामा स्पष्टिकरण सोध्ने सर्वसम्मत निर्णय भएको बताइएको छ ।
प्रदेशभरका १४ जिल्लामध्ये १३ वटा जिल्लाबाट नयाँ सदस्यताका लागि ३५७ जनाको सिफारिस भइआएका छन् भने संखुवासभाले कुनै पनि नयाँ सदस्यता सिफारिस नगरेको महासचिव गौतमले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिल्ला शाखाहरुमा प्रदेश समितिको तर्फबाट पठाउने प्रतिनिधि समेत तोकेको छ ।
बैठकले आगामी पुस मसान्तभित्रमा अधिवेशन साधारणसभा सम्पन्न गर्न जिल्ला शाखालाई सर्कुलर गर्ने निर्णय गर्दै प्रदेशका तर्फबाट प्रतिनिधिसमेत तोकेको छ । जसअनुसार ताप्लेजुङका लागि गणेश साङपाङ, तेह्रथुम रेजिना गौतम, इलाम केशव लामा, पाँचथर सन्तोष रुचाल, झापा सोमनाथ सुसेली, सुनसरी तीर्थ सिग्देल, सोलुखुम्बु विपेन्द्र गौतम, संखुवासभा जयकृष्ण यादव, ओखलढुङ्ग डिल्लीराम खतिवडा, खोटाङ–बुद्धवीर राई, धनकुट–ब्रम्ह्रदेव यादव, भोजपुर अम्विका भण्डारी र उदयपुर इकवाल अहमदलाई तोकिएको अध्यक्ष विक्रम लुईँटेलले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा प्रदेश समितिको भवन निर्माणका क्रममा भएको खर्च अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०७६÷०७७ को लेखा प्रतिवेदन पारित गरेको महासचिव गौतमले जानकारी दिनुभयो ।
त्यस्तै समयदेखि लोककल्याणकारी विज्ञापन प्रकाशित गरेवापतको रकम लामो समयदेखि भुक्तानी रोकिएको भन्दै उक्त रकम चाँडो उपलब्ध गराउन तथा कोरोना संक्रमित प्रदेश भित्रका पत्रकारलाई आवश्यक सहयोग गर्न सरकार समक्ष माग गर्ने समेत निर्णय गरेको छ ।
भवन निर्माण र कोरोना महामारीका बेला प्रदेश सरकारले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै बैठक व्यवस्थापनमा भूमिका निर्वाह गर्ने प्रदेश समिति उपाध्यक्ष सोमनाथ सुसेली र पत्रकार महासंघ इलाम शाखालाई धन्यवाद ज्ञापन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचार११ जिल्लाका ३०३ नयाँ सदस्यता अनुमोदन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img