बिर्तामोड २३ चैत । कोशी प्रदेशको पर्यटन प्रयोग गर्ने उद्देश्यले झापाको बिर्तामोड दिने कोशी–बंगाल महोत्सव आयोजना गरिने भएको छ ।
कोशी भ्रमण वर्ष २०८२ अन्तरगत कोशी प्रदेशका पर्यटकीय स्थल, सांस्कृतिक विविधता लगायतका विषयवस्तु समेटेर आन्तरिक एवं बाह्य पर्यटकलाई कोशी प्रदेशमा आकर्षण गर्ने उद्देश्यले कोशी–बंगाल साँस्कृतिक महोत्सवको तयारी गरिएको हो ।
मंगलबारदेखि शुरु हुने महोत्सवमा नेपाल र भारतका पर्यटकीय स्थल, सांस्कृतिक सम्भावना विविधता, लघुउद्यम हेन्डिक्राफ्टका उत्पादन लगायतका सामग्रीहरू राखिने कोशी–बंंगाल सांस्कृतिक महोत्सव आयोजक समितिका संयोजक इन्दिरा श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सब सञ्चालनका लागि बिर्तामोडस्थित सिटी सेन्टरमा ३० वटा स्टलहरू तय गरिएको छ । ती मध्ये १८ वटामा पर्यटनसंग जोडिएका नेपालका सामग्री राखिने छ भने १२ वटामा भारतका पर्यटसंग सम्बन्धित सामग्री राखिने पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छवी खतिवडाले जानकारी दिनुभयो ।
महोत्सवबारे जानकारी दिन बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा होमस्टे सञ्चालक संघ कोशीका सचिव मञ्जिल देवानले कोशीमा होमस्टे देखि सुविधायुक्त होटल व्यवसाय, सञ्चालनमा रहेको बताउँदै परम्परागत र आधुनिक दुवै तरिकाबाट पर्यटनको फाइदा लिन सकिने बताउनु भयो । नेपाली संस्कार, संस्कृति सांस्कृतिक, विविधता, पर्यटकीय स्थलको बारेमा जानकारी गराउन महोत्सव कोशे ढुङ्गा हुने उहाँको भनाई थियो।कोशी प्रदेशका मुख्य मन्त्री हिम्मत कार्कीको अवधारणामा हुन लागेको महोत्सबको मुख्यमन्त्री कार्की, प्रदेशका पर्यटन मन्त्रीले उद्घाटन गर्ने बताइएको छ । पत्रकार सम्मेलनको सहजीकरण विनोद पाण्डेले गर्नुभएको थियो ।
कोशी बंगाल पर्यटन महोत्सव भोलीदेखि

































































































