Homeसमाचारचन्द्रगढी सेवा समाजको साधारणसभा सम्पन्न

चन्द्रगढी सेवा समाजको साधारणसभा सम्पन्न

भद्रपुर २७ मंसीर । चन्द्रगढी सेवा समाज भद्रपुर १० को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७५ सालदेखि झापाको चन्द्रगढीमा सामाजिक गतिविधि गरिरहेको समाजले जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भए पछाडि प्रथम पटक वार्षिक सधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी, दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश निरौला, भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेल, चन्द्रगढी सेवा समाजका सल्लाहकार संयोजक खिलनाथ पाण्डे निकाश, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै समाज सेवाका क्षेत्रमा चन्द्रगढी सेवा समाजको भूमिका अविस्मरणीय रहेको धारणा राखेका थिए ।
सचिव देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिका संयोजक खड्गबहादुर बुढाथोकी, कोषाध्यक्ष युवराज न्यौपाने, अध्यक्ष कमलप्रसाद अधिकारीले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने सभाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम अनुमोदन गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी सेवा समाजको साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img