Homeसमाचारहिंसा न्यूनिकरण गरी वडालाई नमूना बनाउन सहयोग गर्न वडाध्यक्षको आग्रह

हिंसा न्यूनिकरण गरी वडालाई नमूना बनाउन सहयोग गर्न वडाध्यक्षको आग्रह

विर्तामोड २५ मंसीर । विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले समाजमा हुने हिंसा न्यूनिकरणका क्षेत्रमा सबैलाई जुट्न आग्रह गर्नुभएको छ ।
विर्तामोड नगरपालिका ५ नम्बर वडा समितिको सहयोग र नारी सञ्चार गृह झापाको आयोजना सम्पन्न सुकुम्वासी तथा मजदुर समुदायका महिला पुरुष लक्षित लैङ्गिक हिंसा सम्बन्धी कानूनी साक्षरता शिक्षा सम्बन्धी कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले तत्काल हिंसालाई निमिट्यान्न पार्न असंभव रहेको बताउँदै न्यूनिकरणको दायित्व उल्लेख गर्दै वडालाई हिंसामुक्त बनाउने वडाको प्रयासमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।


नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण उद्घाटन कार्यक्रममा वडासदस्य डिआर कडरियाले औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा विर्तामोड नगरपालिका कार्यपालिका सदस्य भावना घिमिरे, वडा सदस्य लक्ष्मीप्रसाद बास्कोटा, नारी सञ्चार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार इन्दु पूर्वेली, शंकर ढुङ्गेल लगायतको उपस्थिति रहेको कार्यक्रममा नारी गृहका स्वागत उपाध्यक्ष रेजिना गौतम र सचिव भूमिका सुब्बाले सञ्चालन गर्नु भएको थियो ।
प्रशिक्षणमा विर्तामोड नगरपालिका वडा नं.–५ भित्र बसोबास गर्ने सुकुम्वासी र मजदुर समुदायका ३६ जनाको सहभागिता रहेको सचिव सुब्बाले जानकारी भयो । प्रशिक्षणको अधिवक्ता तथा नेपाल बार एसोसिएसन झापाका कार्यसमिति सदस्य देवी निरौलाले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षणपछि सहभागीका तर्फबाट सविता खनालले हिंसाका घटना बढिरहेको अवस्थामा दिइएको कानून सम्बन्धी प्रशिक्षणले समाजमा हुने घटना पहिचानका लागि सहज हुने प्रतिक्रिया दिनुभयो । कृष्णमाया घिसिङ कानून सम्बन्धीका दुई÷चार कुरा बुझ्न पाउँदा खुशी लागेपनि छोटो समयमा कानूनी कुरा बुझ्नै कठिन भएको बताउँनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहिंसा न्यूनिकरण गरी वडालाई नमूना बनाउन सहयोग गर्न वडाध्यक्षको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img