Homeशिक्षाहाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि हाजीरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । भद्रपुरको सामुदायिक भवनमा विहिवार सम्पन्न प्रतियोगितामा सहभागी ५ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतिष्पर्धी विद्यालयमध्ये विरेन्द्र मावि चन्द्रगढी प्रथम, सगरमाथा मावि पृथ्वीनगर दोस्रो र पुहाँतुजनज्योती मावी चन्द्रगढी तेस्रो भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ ,अध्यक्ष डिल्लीराम पोखरेल, महासचिव निकास पाण्डे लगायतका जेसीज पदाधिकारीहरुले विजेता पहिलो ,दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद तीन हजार, दुईहजार एकसय र एकहजार पाँचसयसहित प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
यहि मंसिर ४ गतेबाट सुरु गरिएको सप्ताहको भद्रपुर जेसीजले विभिन्न समाजिक कार्यहरु गर्दै सप्ताहको मंसिर १३ गते समापन गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, शिक्षक भागिरथ नेपाल लगायतले मन्तव्य राख्दै जेसीजले गरेका समाजीक गतिविधिको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रम भद्रपुर जेसीज बर्ष २०२० का अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा महासचिव निकास पाण्डेको संचालनमा सम्पन्न गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक अरिफ अली, कार्यक्रम माथी प्रकाश मनोज भट्टराई र जेसीज आस्था वाचन मनोज तिमसिनाले गर्नु भएको थियो । कार्यक्रममा जेसीज पूर्व अध्यक्षहरु लगायतका जेसीज पदाधीकारीहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षाहाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img