झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।
पछिल्लो डिपिआर अनुसार उत्तरपट्टि मूल गेट सहित टर्मिनल भवन तथा आवागमन कक्ष निर्माण हुने गरी कार्योजना तयार भएपछि दक्षिणपट्टिका स्थानीयले प्रमुखद्वार सार्नु नहुने अडान राखेका कारण काम अगाडि नबढेको भन्दै उत्तरी बासिन्दाले संघर्ष थालेका हुन् ।
चन्द्रगढी विमान स्थल बचाउ संघर्ष समितिको नाम दिएर हिराप्रसाद पोखरेलको संयोजकत्वमा २१ सदस्यीय समिति समेत गठन गरिएको छ । गठित समितिको सह संयोजक गोमा भट्टराई, सचिव महेन्द्र खतिवडा, सहसचिव निरज पोखरेल, सदस्यहरूमा क्रमश राजेन्द्र रिजाल, कमला कार्की, पुरूषोत्तम अधिकारी, इशुभ पाण्डे, लावण्य पोखरेल, रमेश पोखरेल, डिल्लीराम पोखरेल, शुशिला बस्नेत लगायत २१ सदस्यीय समिति निर्माण भएको हो ।
सरोकारवालाको भेला भनिएको सो भेलाले दक्षिणपट्टिको मूल प्रवेशद्वार तथा प्रशासनिक भवन उत्तरमै निर्माण हुनु पर्ने आवाज बुलन्द गर्न गठित समितिलाई अधिकार प्रत्यायोजन समेत गरेको छ ।
कार्यक्रममा भद्रपुर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहाल, महिला नेतृ शुशिला बस्नेत, नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई लगायतले सम्बोधन गर्दै चन्द्रगढी विमान स्थलको स्तर बृद्धि कुनै बाहनामा रोक्नु नहुने भन्द्रै डिपिआर अनुसार अबिलम्ब काम थालिनु पर्ने माग राखेका थिए ।
चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

































































































