Homeविर्तामोडविर्तामोडमा बस्ने सशस्त्रका प्रहरी निरीक्षकमा काेराेना संक्रमण

विर्तामोडमा बस्ने सशस्त्रका प्रहरी निरीक्षकमा काेराेना संक्रमण

विर्तामोड । झापाको बिर्तामोडमा बस्दै आएका सशस्त्र प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

इलामको जिर्मलेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी झापा बिर्तामोडको धर्मकाँटा नजिक परिवारसहित बस्दै आएका थिए । इलाम र झापाको सीमा बाहुनडाँगीमा ती सशस्त्र प्रहरी निरीक्षकले पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। त्यसपछि उनी बिर्तामोडको पूर्वमा रहेको धर्मकाँटा छेउमा रहेको घरमा बस्दै आएका थिए। बिहीबार अपराह्न उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए।

घरमा बस्दै आएका उनका परिवार, छरछिमेकीको तथा सम्पर्कमा रहेका व्यक्तिहरूको सूची तयार पारिँदै गरिएको चौलागाईंले बताए। उनी बिदामा रहँदा अर्जुनधारा ६ स्थित महानन्द चौकमा रहेको एक व्याटमिन्टन क्लबमा समेत पुगेको बताइएको छ । उनलाई थप उपचारका लागि मोरङको गोठगाउँ पठाइएको झापाका फोकल पर्सन चौलागाईले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विर्तामोडविर्तामोडमा बस्ने सशस्त्रका प्रहरी निरीक्षकमा काेराेना संक्रमण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img