Homeसमाचारलकडाउनमा लागुऔषधसहित ७ जना प्रहरी नियन्त्रणमा

लकडाउनमा लागुऔषधसहित ७ जना प्रहरी नियन्त्रणमा

विर्तामोड । इलाका प्रहरी कार्यालय विर्तामोडले कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउन अवधीमा लागुऔषधसहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
लकडाउनको अवधीम पक्राऊ परेका ७ जनाबाट ३४ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयो । यसले लकडाउनमा पनि लागु औषधको कारोबार नरोकिएको देखाउँछ ।
यसैबीच लकडाउन खुलेको हप्तादिनपछि साउन १४ गते इलाका प्रहरी अनारमनीले लागु औषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कनकाई नगरपालिका–४ का २७ बर्षीय संजय पोखरेल, २९ वर्षिय जीवन खत्री दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राऊ गरेको हो । उनीहरुलाई कनकाई नगरपालिका–४ को इलुवाबारीबाट नियन्त्रणमा लिएको इप्रका अनारमनीले जनाएको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका–४ घर भई अर्जुनधारा नगरपालिका–६ बस्दै आएका २० बर्षीय निकेश राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका राईको साथबाट ८७ हजार पाँचसय रुपैयाँ नगद समेत फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
पक्राउ परेकालाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ को खण्ड ६ बमोजिम सजाय हुने बताइएको छ । उक्त ऐन अनुसार २५ ग्रामसम्म ५ वर्षदेखि १० वर्षसम्म कैद र पाँचहजार देखि २५ हजारसम्म जरिवाना, २५ ग्रामदेखि एकसय ग्रामसम्म १० वषैदेखि १५ वर्ष कैद र ७५ हजारदेखि २ लाख सम्म जरिवाना तथा एकसय ग्रामदेखि माथिको परिमाणमा लागू औषध बरामद भएमा १५ वर्षदेखि जन्म कैद र ५ लाख देखि २५ लाखसम्म जरिवाना हुने प्रावधान छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलकडाउनमा लागुऔषधसहित ७ जना प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img