Homeकनकाईसचेतना, लोकार्पण र मिटर वितरण

सचेतना, लोकार्पण र मिटर वितरण

कनकाई २३ असार / कनकाई नगरपालिकामा आयोजित एक समारोहकाबीच तीनवटा कार्यक्रम सम्पन्न भएको छ ।
नगरपरिषरमा नेपाल विद्युत प्राधिकरण व्यवस्थापन निर्देशनालयको आयोजनामा नेपाल विद्युत प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना विद्युतीय सुरक्षण सचेतना कार्यक्रम, कनकाई नगरपालिकाको आयोजनामा विपन्न वर्गलाई निःशुल्क विद्युत मिटर वितरण र नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको सहयोगमा निर्माण गरिएको गीति एल्वम लोकार्पण कार्यक्रम एकसाथ सम्पन्न भएको हो ।
विद्युत व्यवस्थापन निर्देशनालयका निर्देशक राजनऋषि कँडेलको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्युत प्रयोग र सावधानीबारे सन्देश बोकेको स्रष्टा मातृकाप्रसाद संग्रौलाद्वारा शब्द, स्वर र संगीत भरिएको गीति एल्वम ‘विद्युत साझा सम्पत्ति’ को प्रमुख अतिथि पोखरेलले लोकार्पण गरे ।

कार्यक्रममा आयोजनाका निर्देशक कँडेलले जानेर वा नजानेर विजुली प्रयोगमा भएको असावधानीले ठाउँ ठाउँमा ठू–ठूला दुर्घटना समेत हुने गरेको बताए । विद्युतीय सुरक्षण सचेतना सम्बन्धी जानकारी दिने क्रममा प्रमुख कँडेलले सावधानी अपनाए विजुलीको प्रयोग बृहत भएको बताए । साथै कनकाई नगरपालिका विद्युत चुहावट मुक्त नगर घोषणा भएकोमा खुशी समेत व्यक्त गरे । कनकाई नगरपालिका विद्युत चुहावट मुक्त घोषणा गर्ने पहिलो नगरपालिका हो ।
विद्युत चुहावट नियन्त्रण अब प्रहरी प्रशासन लगाउनु भन्ने मान्यताबाट विद्युत प्राधिकरण पनि माथि उठेको उल्लेख गर्दै अनारमनी वितरण केन्द्रका प्रमुख जितेन्द्रदेव यादवले विद्युत चुहावटबाट हुने हानी नोक्सानी र खतराबारे जनताकै घरमा गएर सचेत गराउनु पर्ने धारणा राख्दै यादवले शाखाले उक्त कार्यको थालनी गरेको जानकारी दिए ।
कार्यक्रममा झापाका केही स्थानीय तहका विपन्नलाई निःशुल्क विजुलीको मिटर वितरण गर्ने योजना अनुसार नै कनकाई नगरपालिकाका १३५ जना विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको यादवले जानकारी दिए । उनका अनुसार झापाका विर्तामोड, अर्जुनधारा, कनकाई, झापा गाउँपालिकाका विपन्न समुदायलाई मिटर वितरणको योजना रहेको जानकारी दिए ।
नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन दुर्गा पोखरेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
कनकाईसचेतना, लोकार्पण र मिटर वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img