Homeसमाचार१० जना कोरोना संक्रमित देखिएको कचनकवलका ५ वडा सिल

१० जना कोरोना संक्रमित देखिएको कचनकवलका ५ वडा सिल

कचनकवल ६ जेठ । १० जना कोरोना संक्रमित देखिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकाका पाँचवटा वडा सिल गरिएको छ । सात वडा रहेको कचनकवल गाउँपालिकाका १, २, ३, ४ र ५ नम्बर वडा सिल गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो । मध्ये पाँच वडा सिल गरिएको हो । भारतीय सीमावर्ती नाकासँग जोडिएको कचनकवलका नौ जनामा मंगलबार र १ जनामा सोमबार गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै वडा सिल गरिएको बताइएको छ ।
भारतबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै पाँच वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष आलमको भनाइ छ । गाउँपालिकाको सिमावर्ती क्षेत्र पाठामारीबाट केही दिन अघि लुकेर गाउँ प्रवेश गर्न लागेका उनीहरुलाई पथरिया माविको क्‍वारेन्टाइन राखिएको थियो । कोरोना पुष्टि भएका १० सहित ३३ जना रहेको पथरिया माविको क्वारेन्टाइनलाई पनि मंगलबारदेखि नै शिल गरिएको छ । भारतबाट आएका ३३ जनाकै पिसिआर परीक्षणका लागि नमूना संकलन गरेर पठाइएको भएपनि हालसम्म १० जनाको मात्र रिपोर्ट आएको स्रोतले जनाएको छ ।
कचवकवलको पथरिया माविमा ३३ र लक्ष्मीप्रसाद देवकोटा माविमा गाउँपालिकाले क्‍वारेन्टाइन तयार गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१० जना कोरोना संक्रमित देखिएको कचनकवलका ५ वडा सिल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img