Homeसमाचारशिवसताक्षीको दुधेमा पनि ‘होल्डिङ सेन्टर’

शिवसताक्षीको दुधेमा पनि ‘होल्डिङ सेन्टर’

झिल्झिले ६ जेठ । लामो समयको लकडाउनका कारण भारतका विभिन्न ठाँउमा अप्ठेरोमा परेका नेपालीका लागि सिमासंग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ ।
झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० का लागि होल्डिङ एरिया निर्माण हुने भएको हो । दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माविको होल्डिङ सेन्टर’ निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताउनु भयो ।
शिवसताक्षी नगरकार्यपालिकाको सोमबार बसेको बैठकले दुधेको उक्त सामुदायिक विद्यालयलाई होल्डिङ सेन्टर निर्माणका लागि निर्णय गरेको थियो । मंगलबार नगर स्तरीय सर्वदलीय समन्वय समितिले पालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ सेन्टरको टुङ्गो लागेको होे । नगर प्रमुख शेर्माका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ सेन्टरको रुपमा प्रयोगमा ल्याइन लागिएको हो ।
बैठकमा नेकपाका डिल्लीरमण खतिवडा, नेपाली कांग्रेसका पर्शुराम ढुङ्गाना, संघीय समाजवादीका जापान थेवे, लिम्बुवानका प्रकाश लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका झापा अध्यक्ष भवानीविक्रम सेलिङ, राप्रपाका मणी खपतरी खड्का, उद्योग वाणिज्य संघ शिवसताक्षी अध्यक्ष भोला मैनाली सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक बस्नेत, इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल ठाकुर लगायतको सहभागिता थियो ।
भारतबाट आएकाहरुलाई तत्काल होल्ड गरेर सुरक्षित साथ राखिने र स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुरुपको अन्य प्रकृयामा जाने गरी व्यवस्था मिलाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भारतबाट आएका नेपालीलाई गन्तव्य सम्म पुर्याउनका लागि होल्डिङ एरिया स्थापना गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले बताउनु भयो । सिमा र होल्डिङ एरियामा सुरक्षा सर्तकता समेत बढाइएको उहाँको भनाइ छ ।
झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भारतबाट आएका नेपालीलाई फिल्टर गरेर होल्डिङ सेन्टरमा राखिने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, विर्तामोड, शिवसताक्षी लगायतका पालिकामा होल्डिङ सेन्टर स्थापना भएका छन् । ‘बढीमा ३ दिनसम्म भारतबाट आएकालाई होल्डिङ सेन्टरमा राखिने छ । त्यसपछि यातायात लगायतका अन्य आवश्यक व्यवस्था गरेर उनीहरुको गृह पालिका सम्म पुर्याउने व्यवस्था मिलाइने प्रहरी प्रमुख कोइरालाले बताउनु भयो ।
काँकडभिट्टा नाका हँुदै झापाका होल्डिङ सेन्टरमा १ हजार ५० जनालाई राखिने भएको छ । उनीहरु मंगलबार साँझ सम्ममा नेपाल आइपुग्ने प्रहरी प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिवसताक्षीको दुधेमा पनि ‘होल्डिङ सेन्टर’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img