Homeसमाचारसंस्थागत विद्यालयले जेठ १५ भित्रमा तलब भुक्तानी गर्ने सहमति

संस्थागत विद्यालयले जेठ १५ भित्रमा तलब भुक्तानी गर्ने सहमति

भद्रपुर ५ जेठ । भद्रपुर नगरपालिकाको संयोजनमा संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समिति र प्याब्सन भद्रपुर बीच भएको दुई पक्षीय छलफल तथा सम्वादबाट जेठ १५ गते भित्र शिक्षक कर्मचारीको तलव भुक्तानी गर्ने सहमति भएको छ ।
भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलको संयोजनमा सम्पन्न दुई पक्षीय छलफल तथा सम्वादले जेठ १५ गते भित्र संस्थागत विद्यालयहरूले शिक्षक कर्मचारीको तलव भुक्तानी गर्ने सहमति भएको हो ।
शैक्षिक वर्ष २०७६ सालको चैत्रसम्मको सम्पूर्ण तलव भत्ता नपाएको भन्दै नगर सरकारसित संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले ज्ञापनपत्र बुझाएको थियो । विद्यालयका सञ्चालक र शिक्षक कर्मचारी बीच तलव भत्ताका विषयमा विवाद बढ्दै गएपछि विवाद अन्त्य गर्न नगर सरकारले समन्वयको भूमिका खेलेको हो ।
प्याब्सनका तर्फबाट नगर अध्यक्ष डिल्ली दुलाल तथा केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको नेतृत्व रहेको थियो भने संस्थागत विद्यालय शिक्षक युनियनको तर्फबाट नगर अध्यक्ष द्रोण अधिकारी तथा प्रदेश १ का सहसचिव सिताराम सुवेदीको नेतृत्व टोलीले वार्ता तथा सम्वाद गरेको थियो ।
विद्यालय सञ्चाललकहरूले शैक्षिक वर्ष २०७६ को अधिकाम्स शुल्क नउठेको भन्दै विद्यालय सञ्चालनपछि मात्र शिक्षक कर्मचारीको तलव भत्ता भुक्तानी गर्ने अडान प्रस्तुत गरेका थिए भने शिक्षक युनियनले अविलम्ब चैत्र मसान्तसम्मको पाउनु पर्ने तलव भत्ता भुक्तानी गर्न अडान राखेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले दुई पक्षको अडान बीचबाट जेठ १५ गतेको भाकामा पारिश्रमिक भुक्तानी दिने सहमती गराएका हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंस्थागत विद्यालयले जेठ १५ भित्रमा तलब भुक्तानी गर्ने सहमति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img