झापा ५ जेठ । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएका व्यक्ति कचनकवल गाउँपालिका वडा नं–६ का ३२ वर्षीय पुरुष रहेको खुलेको छ । उनी गत शनिवार भारतबाट नेपाल भारतको सिमानामा आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
विराटनगरस्थित प्रयोगशालामा उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनी चार दिनअघि मात्रै भारतबाट आएका हुन् । उनलाई उपचारका लागि विराटनगर स्थित कोशी हस्पिटलमा पठाइएको छ । सातदिन अघि भारतको मुम्बईबाट दिल्ली हुँदै ट्रकमा नेपाल–भारत सीमावर्ती क्षेत्र कचनकवलमा आइपुगेका उनीसहित ३३ जनालाई कचनकवलको क्वारेन्टाइनमा राखिएको थियो । सीमानाकाबाट नेपाल प्रवेश गरेका उनीहरु गाऊमा प्रवेश गर्न नपाइ क्वारेन्टाइन पुर्याइएको थियो । भारतबाट नेपाल छिरेका ३३ सै जनाको शनिबार नमूना परीक्षणका लागि स्वाब पठाइएकोमा अरु ३२ जनाको रिर्पोट आउनै बाँकी रहेको चौलागाँईले जानकारी दिनुभयो । सोमबार कोरोना पोजेटिभ देखिएका व्यक्ति झापामा तेस्रो हुन् । यस अघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
कचनकवलका कोरोना संक्रमित भारतबाट आएका

































































































