Homeसमाचारथप नौ जनामा देखिएसंगै झापामा संक्रमितको संख्या १२ पुग्यो

थप नौ जनामा देखिएसंगै झापामा संक्रमितको संख्या १२ पुग्यो

विराटनगर ६ जेठ । झापाको कचनकवलका कोरोना संक्रमित युवाको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुको कोरोना परीक्षणका लागि शनिबार स्वाब संकलन गरि पठाइएको थियो । सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको बताइएको छ । यो संगै झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । सोमबार कचनकवल–६ कै २३ वर्षीय एक युवा कोरोना संक्रमण देखिएको थियो भने यसअघि झापाकै दमक र बाह्रदशीमा १÷१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
सोमबार कचनकवल–६ कै २३ वर्षीय एक युवा कोरोना संक्रमण देखिएका युवासंगै भारतको मुम्बईबाट दिल्ली हुँदै ट्रकमा झापाको दक्षिणी कचनकवलको नेपाल भारत सीमानाकाबाट नेपाल प्रवेश गरेको सूचना पाए लगत्तै उनीहरुलाई गाउँ पस्न नदिई क्वारेन्टाइनमा राखिएको थियो । मुम्बईबाट दिल्ली हुँदै सात दिनमा नेपाल आइपुगेका ३३ जनालाई कचनकवलस्थित क्वारेन्टाइनमा राखिएको बताइएको छ।
यसअघि मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारथप नौ जनामा देखिएसंगै झापामा संक्रमितको संख्या १२ पुग्यो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img