Homeसमाचारश्रीमतीकै योजनामा दुलालको हत्या

श्रीमतीकै योजनामा दुलालको हत्या

विराटनगर ५ जेठ । सुनसरीको ईटहरी उप–महानगरपालिका–१२ घर भई बिराटनगर महानगरपालिका–१० मधुमारामा देवी पाथीभरा फार्मेसीका संञ्चालक ३३ बर्षीय देवी प्रसाद दुलालको हत्यामा उनकै श्रीमतीको योजनामा भएको पुष्टी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरीको अनुसन्धानबाट दुलालको हत्या उनकै श्रीमतिको योजनामा भएको खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जेष्ठ ४ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएको भनी उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाँदे गर्दा बाटोमा नै मृत्यु भएको भनिएपनि जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले अनुसन्धानले दुलालको हत्या भएको आशंकामा अनुसन्धान शुरु गरेको थियो ।
हत्यामा संग्लग्नतामा दुलालकी श्रीमती मिना श्रेष्ठ दुलाल, विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी फार्मेसीमा कार्यरत वर्ष २१ का ब्रहमदेव साह र इटहरी उप–महानगरपालिका वडा नं १२ बस्ने २० बर्षीय सोनु साहलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारश्रीमतीकै योजनामा दुलालको हत्या
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img