Homeसमाचारकोरोना हटस्पट बन्यो नरैनापुर ५५ जना संक्रमित, देशभर ३५७

कोरोना हटस्पट बन्यो नरैनापुर ५५ जना संक्रमित, देशभर ३५७

काठमाडौं ५ जेठ । बाँकेको नरैनापुरमा मात्र सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन्। नरैनापुरको क्वारेन्टाइनमा बसेका एक युवाको हिजो कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । यो घटनासंगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको ‘हटस्पट’ बनेको छ। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको थियो । सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ। भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या तीनसय ५७ पुगेको छ । यी मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङ, धनुषा, रौतहट र दाङका एकएक गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको हो ।
सोमबार थपिएका संक्रमितको दुई दिनअघि शनिबार स्वाव लिइएको थियो। नरैनापुरको वडा नं। २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं। ५ को दिपेन्द्र मावि, भोजभगवानपुरबाट ३९ ९एकजना मृत्यु०, वडा नं.५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं। ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो। यीबाहेक ११ जनाको आइतबार स्वाव लिइएको छ।
पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरै जना भित्रिएका छन्। अझै मान्छे आउने क्रम नरोकिएको स्थानीय बताउँछन् । भारतको महाराष्ट्रमा पुगेका धेरै नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको हटस्पट बनेको हो।
नेपालगञ्जको मुख्य नाकामा पर्ने यो पालिकामा राज्यको ठूलो शक्ति केन्द्रित छ। तर, जिल्लाको भूगोल बुझेका मानिसहरुले नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज मानेका छन्। बाँके प्रहरीले रात्री गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति त बनाएको छ। तर दशगजा नजिक रहेको यो पालिकाको धेरै गाउँबाट मानिसहरु प्रवेश गरिरहेका छन्।
नरैनापुरको वडा नं। ५ को दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन मावि, भोजभगवानपुर सारिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, दिपेन्द्र माविमा रहेका २५ वर्षीय युवकको मृत्यु भएपछि त्यहाँ रहेका अरुलाई अन्यत्र सारिएको हो । दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन मावि नजिकै मा टेन्ट टाँगेर राखिएको छ ।
स्वास्थ्य शाखाका प्रमुख खाँका अनुसार, नरैनापुरमा भित्रिनेको संख्या बढिरहेको छ । पालिकाले क्वारेन्टाइन पनि थपेको छ । अहिले त्यहाँ १३ वटा क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइनमा ७ सय ७९ जना बसिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले एक हजार एक सय ६४ पुरुष र ६१ जना महिला गरी एक हजार दुई सय २५ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो । शनिबारसम्म क्वारेन्टाइनमा बस्ने एक हजार एक सय २६ जना थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना हटस्पट बन्यो नरैनापुर ५५ जना संक्रमित, देशभर ३५७
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img