Homeसमाचारखानेपानी संस्थाद्वारा राहत, उपभोक्तालाई महसुल छु्ट

खानेपानी संस्थाद्वारा राहत, उपभोक्तालाई महसुल छु्ट

भद्रपुर, ५ जेठ । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर–१० ले आफ्नो प्रभाव क्षेत्र भित्रका अति विपन्न परिवारका लागि ६ लाख मूल्य वरावरको खाद्यान्न वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत समितिले बन्दका कारण दैनिक गुजारा गर्न समस्या भोगिरहेका आफ्नो प्रभाव क्षेत्रका भद्रपुर ७, ८ र १० का अतिविपन्न परिवारका लागि १० टन चामल, २ टन दाल, एक टन नुन वडा कार्यालय मार्फत राहत स्वरूप वितरण गरेको हो ।
यसैगरी समितिले चैत्रदेखि जेठसम्मको पानीको महशुलमा २० प्रतिशत छुट दिने, विलम्ब शुल्क नलिने, विभिन्न क्वारेन्टाइन स्थलमा शुद्ध पिउने पानीका लागि निशुल्क धारा जडान गर्ने, सार्वजनिक स्थलमा खानेपानी पहुँचका लागि धारा जडान गर्ने जस्ता सामाजिक सेवाको काम समेत गरिएको समितिका सचिव बाबुराम कार्कीले जानकारी दिए । सचिव कार्कीका अनुसार जेठ मसान्तभित्र महसुल बुझाउने उपभोक्तालाई समितिले बैशाख र जेठको महसुलमा एकमुष्ठ २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
समितिले सूचना जारी गरी उपभोक्ताहरूलाई महसुल छुटबारे जानकारी समेत गराएको छ । जेठ १ गतेदेखि मिटर रिडिङ र महसुल संकलनको काम पनि सुरु भएको छ । विहान ८ देखि ११ सम्म महसुल काउन्टर खुला रहने समितिले जनाएको छ ।
त्यसैगरी समितिको कार्यालयमा १० कुइटल चामल जगेडामा राखेर छाक टार्न समस्यामा परेका अति विपन्नको पहिचान गरेर आपतकालीन खाद्यान्न सहयोग समेत गरिरहेको जनाएको छ । समितिको चैत्र र बैशाख महिनाको आम्दानी सून्य भए पनि जगेडा कोष मार्फत खर्च व्यवस्थापन गरिएको व्यवस्थापक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार समितिले २४ सै घण्टा उपभोक्ताको घरघरमा पानी पुग्ने गरी व्यवस्थापन गरिएको समेत जानकारी दिए ।
समितिले उपभोक्तालाई पानी महशुलमा शतप्रतिशत छुट दिने विकल्पको सट्टा अति विपन्नका लागि गाँस जुटाउन खाद्यन्न सहयोग मार्फत बन्दाबन्दीको दुष्प्रभाव बिरूद्ध सरकारलाई सहयोगगरेको जनाएको छ । विपन्न पहिचानका लागि नगर सरकार मार्फत वडा कार्यालयसित समन्वय गरी सहयोगका काम गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखानेपानी संस्थाद्वारा राहत, उपभोक्तालाई महसुल छु्ट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img