Homeसमाचारउपभोक्ता केन्द्रित राहत माग गर्दै ज्ञापन

उपभोक्ता केन्द्रित राहत माग गर्दै ज्ञापन

भद्रपुर २ जेठ । भद्रपुर नगर क्षेत्रका खानेपानी संस्थान तथा उपभोक्ता समितिसित उपभोक्ता केन्द्रित राहत सम्बन्धि माग राखेर नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाएको छ ।
कोरोना संक्रमण त्रासले गरिएको बन्दाबन्दी (लक डाउन) का कारण समस्यामा परेका उपभोक्तालाई महसुलमा ५० प्रतिशत भन्दामाथि छुट दिनु पर्ने, मितव्ययी प्रशासनका लागि खर्च कटौटी गरिनु पर्ने तथा सामाजिक उत्तरदायित्वका राहत कार्यक्रममा सहभागिताको माग गर्दै माग पत्र बुझाएको हो ।
नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, राजेन्द्र रिजाल, क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, नगर उपसभापति ज्ञानबहादुर चौहान, लगायत वडा सभापतिहरू गोपालप्रसाद श्रेष्ठ, लावन्य पोखरेल, चेतनाथ भट्टराईको टोलीले खानेपानी संस्थान भद्रपुर, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति, चन्द्रगढी दोस्रो खानेपानी समितिलाई माग पत्र बुझाइएको थियो ।
संस्थान तथा उपभोक्ता समितिहरूले आफ्नो हैसियत अनुसार महसुल छुट दिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले चैत्र बैशाखमा बन्द कामहरू जेठ १ गतेदेखि सुरू गरिएको जानकारी दिँदै मिटर रिडिङ र महसुल संकलनको काम पनि सुरु भएको जनाएका छन् । विहान ८ देखि ११ सम्म महसुल काउन्टर खुला रहने उनीहरूको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउपभोक्ता केन्द्रित राहत माग गर्दै ज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img