Homeसमाचारकचनकवलमा रंगशाला निर्माणका लागि शिलान्यास

कचनकवलमा रंगशाला निर्माणका लागि शिलान्यास

कचनकवल २ जेठ । झापाको कचनकवल गाउँपालिकामा रंगशाला निर्माणका लागि शनिवार शिलान्यास गरिएको छ । एक स्थानीय तह एक रंगशाला बनाउने सरकारको लक्ष्य अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रंगशाला निर्माण कार्यको शिलान्यास गरिएको हो ।

कचनकवल वडा नं ६ र ७ जोडिने स्थनमा निर्माण गर्न लागिएको लक्ष्मी रंगशालाको प्रदेश सांसद तथा प्रमुख अतिथि बसन्त बानिया सहित, गाउँपालिका अध्यक्ष अन्जार आलमसहितको उपस्थिति रहेको थियो । भूपाल दंगालको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा रंगशाला निर्माणका लागि जग्गा प्रदान गर्ने दाताहरु भक्ति सिटौला र टिकालाल राजवंशीलाई सम्मान समेत गरिएको थियो । रंगशाला चालू आर्थिक बर्षका लागि प्रदेश सरकारबाट बिनियोजित १५ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सांसद बानियाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकचनकवलमा रंगशाला निर्माणका लागि शिलान्यास
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img