
झापा २० बैशाख । अस्पताल पुगेर पनि गर्भवती महिलाले उपचार नपाएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण रुपमा ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस नियमित अपडेटबारे जानकारी गराउने क्रममा विराटनगरमा गर्भवती महिलाले उपचारका लागि भौतारिनु परेको घटनाबारे सत्य, तथ्य र वास्ताविकता बुझेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनु भयो ।
आगामी दिनमा त्यस्ता घटना नदोहोरिने कुरामा आश्वस्त पार्दै प्रवक्ता देवकोटाले भन्नुभयो–‘के कोभिड–१९, के कोभिड–१९ भन्दा बाहिरका विरामी, सबैलाई हामीले सेवा दिनुपर्ने हुन्छ ।’
विहीबार विराटनगरस्थित नोबेल अस्पतालमा अप्रेसन थिएटरमा पुर्याइएकी महिलालाई निकालिएको समाचार सार्वजनिक भएको थियो ।

































































































