Homeसमाचार'राहत भन्दा काम गर्न देउ सरकार'

‘राहत भन्दा काम गर्न देउ सरकार’

झापा २० बैशाख । विर्तामोड नगरपालिका वडा नंं–८ निवासी मोहन राजवंशी राज मिस्त्रीको काम गर्छन् । निरन्तर काम चलिरहँदा खान लाउन र छोराछोरीको स्कूल फिस तीर्न श्रम गरेरै धानेका मोहनको अहिले पनि काम गर्ने वातावरण बनाइदिन सरकारसंग माग छ ।
काम नभएका कारण राहत थाप्नु परेको बताएका उनले सरकारले काम गर्ने वातावरण बनाइदिए गरिबलाई राहत दिनुपर्ने बताए । उनले भने–‘गरिबलाई राहत चाहिंदैन काम गर्न देओस् ।’
दैनिकी धान्न कठिन भएपछि लकडाउनकै अवस्थामा पनि आफूले राज मिस्त्रीको काम गरिरहेको ठाउँमा गएर तीन दिनसम्म काम गरेपनि पुरै का गर्न नपाएका कारण पैसा नपाएको गुनासो गरे । उनले भने–‘ठेकदारले मालिकसंग लिएर दिने हो, मालिकले काम नसकी पैसा दिंदैन, काम सकिएको छैन, तीनदिन त काममा गएर गर्यौं तर, प्रहरी आएर गर्नु दिएन् ।’
राहतमा दिएको चामल कमसल भएका कारण छोराछोरीले खान नमानेको उनले सुनाए । हामीलाई राहत होइन काम गर्न देउ, आफैं गर्छौं खान्छौं, उनले भने–‘राहतका नाममा गरिबलाई झन गरिब बनाउनु त भएन नी ।’ गरिबीका पनि धेरै किसिमका हुन सक्ने अनुमान गर्दै उनले भने–‘कोही काम गरेर खान पनि नसक्ने, होलान् उनीहरुलाई बेग्लै व्यवस्था गरोस् राजवंशीले थपे–‘तर काम गर्न सक्ने जतिलाई काम गर्न दिए त्यही राहत हो ।’
अन्न फाल्नु हुँदैन भन्ने लागेर बल्ल बल्ल राहतको चामलको भात खाएको सोही वडाकी एक गृहिणीले बताइन् । राहतको चामल थापेर भात पकाएको पहिलो दिन त नानीहरुले मात हो कि माण भन्दै खान नमानेको सुनाउँदै उनले भनिन्–‘सरकारले पनि राहत दिनु भनेर पहिले नै ठिक पारेर राख्छ कि क्या हो ? नाम सार्वजनिक नगर्न अनुरोध गर्दै ती गृहिणीले भनिन्–‘नुनिया चामलको भात खानेलाई राहत दिन्छ, उनीहरुलाई के काम ? बाख्रालाई, गाईलाई खोले पकाएर दिए । अलि परको छिमेकमा नाङ्लोमा चामल देख्दा कति राम्रो चामल र छ राहतको होला भन्दा छिमेकीले दिएको जवाफ सुनाउँदै उनले भनिन्–‘कसले खान्छ यस्तो चामल बाख्रालाई खोले ।’
नानीहरुले भात खान नसकेपनि अन्नलाई आफूले मिठै मानेर खाएको उनले सुनाइन् । अन्न हो फाल्नु हुँदैन, जस्तो भएपनि खायौं, सुकुम्बासी टोलमा त भात पकाउन नजानेर रोटी खाएर पनि भोक मेटाएको उनले सुनाइन । राहतको चामलले गरिबलाई झन गरिब बनायो, भात खान नसक्दा त्यही चामलको रोटी खायो, रोटी खाँदा पनि तेल त उल्टै खर्च ।’
काम गर्न दिए खान खाँचो नहुने बताउने उनको काम गर्न दिनुपर्ने माग छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'राहत भन्दा काम गर्न देउ सरकार'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img