Homeसमाचारसमाचारएमसीसीबारे कार्यदलमै मतान्तर

एमसीसीबारे कार्यदलमै मतान्तर

‘हिन्द प्रशान्त रणनीतिकै अंग’–खनाल/रावल

विर्तामोड १९ बैशाख । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन –एमसीसी)मा देखिएको विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको कार्यदलका सदस्यहरुबीच नै मतान्तर देखिएको छ । एमसीसी नेपालको पक्षमा नरहेको भन्दै यसको विरोध गर्दै आएका भीम रावल र संशोधनसहित पारित गरिनुपर्ने पक्षमा वकालत गर्दै आएका झलनाथ खनालले एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजी –हिन्द प्रशान्त रणनीति) कै अंग भएको निष्कर्ष निकालेका छन् भने कार्यदलकै सदस्य प्रदीप ज्ञवालीले एमसीसीको गलत ब्याख्या भएको भन्दै फरक मत राखेका छन् ।
एमसीसी पारित गर्नैपर्ने पक्षमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीनिकट मानिएका ज्ञवालीले विगतदेखि नै एमसीसीको वचाऊ गर्दै पारित गर्नुपर्ने पक्षमा मत राख्दै आएका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र एमसीसीलाई जस्ताको तस्तै पारित गर्नैपर्ने र संशोधन गरेर मात्रै पारित गर्नुपर्ने विषयमा तीब्र मत–मतान्तर देखिएपछि यसको टुंगो लगाउन २०७६ माघ १५ देखि १९ गतेसम्म चलेको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले कार्यदल गठन गरेको थियो ।
गठित कार्यदलका संयोजक खनाल र सदस्य रावलले एमसीसी हिन्द प्रशान्त रणनीतिकै अंग भएको निष्कर्षसहित १६ बुँदे सुझाव प्रस्तुत गरेका छन् । सुझावमा एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव दिइएको छ । समितिलाई प्रारम्भमा २ हप्ताको समय दिइए पनि गत फागुन ९ गते कार्यदलले प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । कार्यदलले ढिलो गरी प्रतिवेदन तयार गरेपनि मतान्तर भने कायमै देखिएपछि अब एमसीसी सम्झौता के हुन्छ ? भन्ने अन्योल यथावत रहेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण संसद बैठक स्थगित भएका कारण एमसीसी सम्बन्धी छलफल पनि हाल ओझेलमा छ ।
‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसँग घनिष्ट रुपमा जोडिएको देखिन्छ’–कार्यदलको १६ बुँदे प्रतिवेदनमा भनिएको छ– ‘अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ ।’ सुझावमा एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित गर्न पनि सुझाव दिदै उक्त प्रस्ताव कम्युनिष्ट पार्टीको नीति तथा सिद्धान्त अनुरुम अमान्य रहेको उल्लेख गरिएको छ ।
कार्यदलका सदस्य ज्ञवालीले भने फरक मत राख्दै १५ बुँदे सुझाव दिएका छन् । उनको सुझावमा एमसीसीका विषयमा अतिरञ्जित र भ्रामक प्रचार गरिएको दावी गर्दै यसले दुई मुलुकबीचको सम्बन्धमा तिक्तता ल्याउने आशयबाट प्रेरित भएको उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारएमसीसीबारे कार्यदलमै मतान्तर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img