Homeसमाचार‘एकका लागि एक ' अभियानको शुभारम्भ

‘एकका लागि एक ‘ अभियानको शुभारम्भ

झापा १९ बैशाख। कोरोना भाईरस कोभिड १९ महामारी को कारण खाद्ययन्न अभाव भएर समस्यामा परेका व्यक्ति परिवारलाई खाद्य सामाग्री सहयोग गर्ने कार्यक्रम अन्तरगत अघी सारिएको ‘एकका लागि एक ‘ अभियान मार्फत राहत वितरण शुभारम्भ भएको छ ।
शुक्रबार बिर्तामोड–२, स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर शुभारम्भ गर्नु भएको हो ।
प्रमुख अतिथि रानाले कोरोना कहरको कारण देशनै लकडाउन भए पछी समग्र क्षेत्र प्रभावित बनिरहेको अबस्थामा अझ दैनिक श्रम गरेर खाने विपन्न परिवारलाई आज मजदुर दिवसको दिनबाट राहत वितरण गर्न सुरु गरेकोमा अभियन्ताहरु र सहयोगी दाताहरुमा धन्यवाद दिएकाछन । हजारौं परिवारलाई सहयोग गर्ने उदेश्यले सुरुभएको अभियानले सफलता प्राप्त गर्न सकोस् धेरै धेरै परिवारका सदस्यले भोकै रहन नपरोस भनेर गरेको यो सतकर्मले सरकारलाई पनि सघाउ पुगेको बताउनु भयो ।
एकका लागि एक अभियानमा १७ भन्दा बढी संघ संस्थाहरुले ऐकिवद्धता जनाएका छन । सहभागी जनाउने संस्थाहरुमा सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाईटी झापा, जेसीज पूर्व अध्यक्ष समाज झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, उद्योग बाणिज्य संघ बिर्तामोड, गैर सहकारी संस्था महासंघ, वीरता जेसीज, जिल्ला उद्योग संघ झापा, लायन्स क्लव अफ सुरुंगा, रोटरी क्लव अफ बिर्तामोड मिटटाउन, मेची पेट्रोलिय व्यवसायी संघ, रामचोक युवा समूह लगायतका संस्थाहरु अभियानमा जोडिएका छन ।


हरेक संस्थाले सहयोग बापतको रकम जम्मा गरेका छन, त्यसैगरी देश बिदेशमा रहने नेपालीहरुले पनि सहयोग रकम पठाएका छन । हाल सम्ममा १२ सय परिवारका लागि राहत जुटीसकेको बताईएको छ । सो बापत १७ लाख रुपैया जम्मा भई सकेको र अरु ७ लाख सहयोगको बचन प्राप्त भएको जानकारी दिईएको छ ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रखुम कृष्णप्रसाद कोइराला, बिर्तामोड नगरपालिका वडा नं। २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, लायन्स क्लव अफ सुरुंगाका संस्थापक अध्यक्ष लिला चिमरिया, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी लगायतको उपस्थिती रहेको थियो ।
अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि) कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको अभियानका संयोजक गिरीले बताउनु भयो ।
कार्यक्रमको औचित्य माथी प्रकास ओमप्रकास गौतम र संचालन सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजाले गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘एकका लागि एक ' अभियानको शुभारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img