Homeसमाचारराज्य मन्त्रीद्वारा स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण

राज्य मन्त्रीद्वारा स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण

झापा १९ बैशाख । कोरोना पोजेटिभ देखिएको झापाको बाह्रदशीलाई सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले केही स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।
शुक्रबार बाह्रदशी गाउँपालिका कार्यालयमै पुगेर राज्य मन्त्री गजमेरले थर्मलगन, सर्जिकल माक्स, पिपिइ गाउन, एन नाइन्टिन माक्स हस्तान्तरण गर्नु भएको हो । राज्यमन्त्री गजमेरले आजै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रको अवस्था बारे गाउँपालिकाका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी र गाउँपालिकाका स्वास्थ्य इन्चार्जसंग जानकारी लिनु भएको थियो ।
राज्य मन्त्री गजमेरले यसअघि जिल्लामा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएको छ ।
एकसय ५० थान पीपीई, दुईहजार आडसय थान सर्जिकल मास्क, ५ सय थान ग्लोब्स र १ सय ५० थान एन ९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो ।
पौडेलले ती सामान दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गरिने जानकारी दिनुभएको छ ।
झापाको पहिलो कोरोना दमकमा र दोस्रो कोरोना बाह्रदशीमा पुष्टि भएको छ । दुबै क्षेत्रमा निगरानी र स्वास्थ्य परीक्षण तीब्र पारिएको हुँदा व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री र कोरोना जाँच्ने किटको माग बढिरहेको स्वास्थ्य कार्यालयका जीवन चौलागाँईले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराज्य मन्त्रीद्वारा स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img