Homeसमाचारलकडाउनमा अनलाइन शिक्षाको अभ्यास गर्दै विद्यालयहरु

लकडाउनमा अनलाइन शिक्षाको अभ्यास गर्दै विद्यालयहरु

रेजिना गौतम ।
झापा १९ बैशाख । अनलाइन शिक्षा सबैका लागि सहज र सबैको पहुँच नभएपनि बहुसंख्यक अभिभावकको दवावसंगै अनलाइन शिक्षाका लागि तयारीमा जुटेको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताउनु भयो । उहाँले भन्नुभयो–‘केही अभिभावकले अनलाइन शिक्षा सञ्चालनमा किन ढिलो गरेको भनेर प्रश्न गर्न थाल्नु भयो, अर्काका लागि पनि गरिदिनुपर्ने अवस्था आयो, अहिले नै सफल हुन्छ भन्नेमा हामी पनि छैनौं ।’

न्युटन एजुकेशन एकाडेमीको विद्यालय भवन ।


विद्यालयले विगत दुईहप्तादेखि अभिभावक र बच्चासंग अनलाइनमा जोडिने प्रयासमा लागेको हुमागाँईले बताउनु भयो । उहाँले भन्नुभयो–‘दुईहप्तादेखि अभिभावकसंग र बच्चासंग कसरी जोडिने भन्ने कुराको अभ्यास गरिरहेका छौं । बच्चाका अभिभावकले स्कुलले केही गर्दिए हुन्थ्यो भन्ने ठान्नुभयो’–हुमागाँईले भन्नुभयो । प्रविधिसंग जोडिनु राम्रो कुरा भएपनि एकैचोटी कसरी जाने भन्ने अलमलमा परेको उहाँको भनाइ छ ।
न्युटनले केही कक्षा ११ का बालकालिकालाई भने अनलाइन शिक्षा दिन शुरु गरेको बताइएको छ । न्यूटन्स एजुकेशनमा अध्ययन गर्ने ५ देखि १० प्रतिशत विद्यार्थी अनलाइनको पहुँच बाहिर रहेको उहाँले जानकारी दिनुभयो ।
झापामा धुलावारीस्थित इष्टहोराइजन अंग्रेजी माविले गत बैशाख ३ गतेदेखि अनलाइन शिक्षा शुरु गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले बताउनु भयो । विद्यालयले बैशाख ३ गतेदेखि शुरु गरेको अनलाईन सिकाईमा क्रमिक रुपमा विद्यार्थीको सहभागिता बढिरहेको बताउँदै प्रिन्सिपल राईले भन्नुभयो–‘११० देखि ११५ जना विद्यार्थी रहेको कक्षामा ६० देखि ७० जनाले सहभागिता जनाइरहेका छन्, जोडिने क्रम दैनिक बढीरहेको छ ।’

व्यवहारिक शिक्षा सिक्दै इष्टहोराइजन माविका विद्यार्थीहरु

नेटको सहज एक्सेस नहुँदा भिडियो कन्फ्रेन्स मार्फत कक्षा सञ्चालन गर्न संभव नभएपनि एप्सको माध्यमबाट विद्यार्थीलाई होमवर्क दिने, माथिल्लो कक्षाको कन्टेन्टबारे जानकारी गराउने जस्तो सिकाई भइरहेको राईले बताउनु भयो । विद्यालयको गतिविधि र विद्यार्थी सहभागिताबारे अभिभावकले घरैबाट हेर्न सक्ने व्यवस्था गरिएको बताउँदै उहाँले थप्नुभयो–‘पढाइरहेका शिक्षकहरु माथिल्लो कक्षामा के छ भन्ने कुरा जानकार हुने उहाँ हुँदा कितावमा भएका विषयबस्तुबारे बेसिक नलेज दिइन्छ ।’ इष्टहोराइजनलाई केही समय अघि मेचीनगरपालिकाले गरेको नगर क्षेत्रभित्र इन्टरनेट तथा रेडियोको पहुँचको रिसर्चले पनि अनलाइन शिक्षा सञ्चालनमा सहयोग पुगेको उहाँले जानकारी दिनुभयो । मनोरञ्जनका लागि घरभित्र इन्टरनेट र टिभी बाहेक अरु कुनै पनि उपाय नभएको अवस्थामा इन्टरनेटको पहुँच छ भन्ने बुझाईले पनि अनलाइन कक्षा शुरु गरिएको राईको भनाई छ । उहाँका अनुसार भिडियो कन्फ्रेन्स मार्फत शिक्षण गर्ने वातावरण नभएको अवस्थामा एप्समार्फत शिक्षकहरुले दिएको होमवर्क बच्चासंग ल्यापटप, कम्प्युटर, मोवाइलमा टाइप गरेर वा कपीमा लेखेर फोटो खिचेर पनि पठाउन सक्नेछन् ।
इष्ट होराइजनले अनलाइनबाटै जिल्ला स्तरिय नृत्य प्रतियोगितामा सहभागी हुन् आह्रवान समेत गरेको छ ।
देशैभर अनलाइन शिक्षाको कुरा चलेसंगै विर्तामोडस्थित न्युटन एजुकेसन फाउण्डेसनलाई पनि अनलाईन कक्षा सञ्चालन गर्न अभिभावकको दवाव बढ्दै गएको छ ।
यता विर्तामोड–३ स्थित नवोदय शिक्षा सदनले पनि लकडाउन अवधी भर विद्यार्थीलाई अध्ययन क्रियाकपालमा जोड्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालनका लागि शिक्षकलाई तालिम दिने तथा अन्य भौतिक संरचनाको व्यवस्थानमा जुटेको जनाएको छ ।
एसइइ परीषामा समावेश हुन गइरहेका विद्यार्थीहरुलाइ यही बैशाख १६ गतेदेखि अनलाइन कक्षा सञ्चालन शुरु गरेको छ । अन्य विद्यार्थीका लागि पनि चाडै इमेल एड्रेसहरु ट्रेस गरि अनलाइन कक्षाहरुको व्यवस्थापन गरिने विद्यालयका प्रिन्सिपल धर्मराज माझीले जनाउनु भएको छ ।
नेट एभाइलेभल भएका विद्यार्थीहरुलाई एड गरेर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताउँनु भयो । अनलाइन शिक्षामार्फत विद्यार्थीलाई दिइने शिक्षाबारे जानकासी दिदंै भन्नुभयो–‘स्टुडेन्टलाइ टेक्स्टुअल भन्दा पनि सिर्जनात्मक (जस्तै ः नैतिक शिक्षा, चित्रकला, साहित्य, सङ्गीत, मनोरञ्जनात्मक र सम्बन्धी कक्षाहरु सञ्चालन गर्छौं ।’

नवोदयको अभिभावकसंग अनलाइन शिक्षाबारे छलफल

पाठ्यक्रम बाहिरका नैतिक तथा व्यवहारिक ज्ञान दिने उद्देश्यले सञ्चालित अनलाइन कक्षामा सहभागी हुन नसक्ने बालबालिकालाई पाठ्यपुस्तक सम्बन्धीका विषय वस्तुमा कुनै पनि असर नपर्ने बताउँदै माझीले भन्नुभयो–‘कक्षाहरु कक्षागत पाठ्यक्रममा आधारित नरहेकाले अनलाइन कक्षामा समावेस हुन नसकेका नानीहरुलाइ औपचारिक कक्षागत अध्ययनमा असर पर्दैन ।’
कोरोना संक्रमण जोखिमका कारण नयाँ शैक्षिक सत्र विगतकै समयमा शुरु हुन् नसकेपछि यतिबेला देशभरका लाखौं विद्यार्थी घरमै दिन काटिरहेका छन् ।
लामो समय घरमा बस्दा अभिभावकलाई आफ्नो बालबालिकाको पठन अभ्यासमा विचलन आउने हो कि भन्ने डर छ भने, विद्यालयलाई पनि बालबालिकामा पठन अभ्यासमा कमी आए उनीहरुलाई कसरी अघि बढाउने भन्ने चिन्ताका कारण विद्यालयहरुले संभव–असंभव जे भएपनि अनलाइन पठन पाठनको अभ्यास शुरु गरेका हुन् । विकसित मुलुकमा अनलाइन शिक्षा प्रभावकारी मानिएपनि नेपालका शहरी क्षेत्रमै पनि इन्टरनेटको पहुँच सहज भइनसकेको अवस्थामा कोरोना संक्रमणले धकेलेको प्रविधितर्फ लम्किइरहँदा इन्टरनेटको पहुँच बाहिर रहेका बालबालिकाले आफू पछि परेको अनुभव गर्न नदिन सम्बन्धित पक्षले ध्यान दिन सक्नुपर्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलकडाउनमा अनलाइन शिक्षाको अभ्यास गर्दै विद्यालयहरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img