Homeसमाचारसमुदायमा कोरोना संक्रमण देखिएको उदयपुरमा परीक्षणका लागि उपकरण अभाव

समुदायमा कोरोना संक्रमण देखिएको उदयपुरमा परीक्षणका लागि उपकरण अभाव

उदयपुर १० बैशाख । कोरोना भाइरस तीव्ररूपमा फैलिएर समुदाय पनि संक्रमित देखिएपछि उदयपुरमा परीक्षणलाई तीव्र पारिएको भनिएपनि उपकरण अभाव भएको छ ।
कोरोना भाइरसबाट २४ जना संक्रमित पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के र आसपासका क्षेत्रमा थप कोरोना परीक्षणका लागि उपकरण अभाव भएको हो ।
भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलँदै गए पनि उपकरण अभावका कारण सबै स्थानीयको स्वाब नमूना सङ्कलनका लागि उपकरण अभाव हुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार भुल्केमा छसय ५० जना बसोबास गर्छन् ।
प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरी ३१९ जनाको मात्र स्वाब नमुना संकलन गरिएको सुवेदीले बताउनु भयो । तीनसय १९ जनाको स्वाब नमुना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब संकलन गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको उदयपुरसँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमुदायमा कोरोना संक्रमण देखिएको उदयपुरमा परीक्षणका लागि उपकरण अभाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img