Homeसमाचारसमाचारमहामारी र अध्यात्म

महामारी र अध्यात्म

अच्युत दाहाल
अहिले हामी नेपाल सरकारको लकडाउनको निर्देशनलाई पालना गरेर आ–आफ्नो घरमा बसिरहेका छौं । आज सारा विश्वलाई नै स्तब्ध बनाउने गरी फैलिरहेको ‘कोरोना भाइरस (कोभिड–१९) लाई परास्त पार्न महाशक्तिशाली राष्ट्रहरुबाट गरिएको प्रयास पनि सार्थक नभएको यस परिदृष्यमा हाम्रो जस्तो मुलुकको लागि संक्रमण रोक्न या फैलन नदिन यो लकडाउन नै उच्चतम उपाय हो । विश्व स्वास्थ्य संगठनले उच्च जोखिमको राष्ट्रको सूचिमा नेपाललाई पनि राखेको कारणले पनि हामी उच्च जोखिममा पक्कै पनि छौं । हाम्रो सबै भन्दा नजिकको उत्तरी छिमेकी चीनबाट शुरु भएको र वर्तमान अवस्थामा अर्को दक्षिणी छिमेकी राष्ट्र भारतमा तिब्र रुपमा फैलिरहेको अनि खुल्ला सिमानका कारणले पनि हामी ढुक्क र निश्चिन्त रहन सक्ने अवस्थामा पटक्कै छैनौं । तसर्थ पूर्ण रुपमा सचेत र सजग रहनु नै यसबाट बच्ने उपाय हो । विकराल महामारीको रुपमा विश्वलाई नै तहस नहस र त्रसित बनााइरहेको र अलिहे सारा विश्वको ध्यान यसलाई परास्त गर्नमा मात्र केन्द्रित रहेको कुरा हामी सबैमा जगजाहेर नै छ ।
जब जब संकटको घडी आउँछ स्थिती वेचैन अवस्थामा आउँछ, त्रास र भयको स्थिती हुन्छ अनि व्यापक रुपमा अध्यात्मवादको कुरा उठ्दछ । जब भौतिकवाद संग पौंठेजोरी खेलेर हामी मात्र द्विग्विजयको पछाडी कुदिरहेका हुन्छौं तब हामी अध्यात्मलाई सम्झने कोशिस सम्म गर्दैनौं । अहिले ठिक यस्तै अवस्था आएको छ । जताततै अध्यात्मको कुरा ब्यापक रुपमा उठिरहेको छ, चर्चा परिचर्चा चलिरहेको छ ।
आउँ अब अध्यात्मको बारेमा थोरै चर्चा गरौं । पहिले त अध्यथाम के हो श्र भनेर बुझ्न जरुरी छ । हामील मध्ये धेरैले बुझिरहेका हुन सक्छौं कि अध्यात्म भनेको पूजा, पाठ, अर्चना, बन्दना आदि इत्यादी । तर त्यत्तिले मात्र अध्यात्मको परिभाषा किमार्थ पुग्दैन । अध्यात्मलाई बुझ्नको लागि एक पटक हामी श्री मद्भागवत गितामा प्रवेश गर्न जरुरी छ । श्रीमद्भागवत गिता अध्याय–८, श्लोक १ मा अर्जुनले भगवान कृष्णलाई सोध्नु हुन्छ–
‘किं तद् ब्रम्हा, किमध्यात्मं किं कर्म ’
पुरुषोत्तम–अर्थात ब्रम्हा के हो ? अध्यात्म के हो ? कर्म के हो ?
प्रत्युतरमा भगवान कृष्णले भन्नुहुन्छ –
अडारं ब्रम्हा परमं स्वभावोडध्यात्ममुच्यते ।
अर्थात–जसको कहिल्यै जय हुँदैन ब्रम्हा त्यो हो र स्वयंमा स्थिर भाव उत्पन्न हुनु नै अध्यात्म हो । जो आत्माको आधिपत्य छ उही अध्यात्म हो । यीनै कुरालाई गहिरिएर हेर्ने हो भने आध्यात्मवादी यसरी परिभाषित गर्न सकिन्छ ।–
आफूले आफूलाई चिन्ने विज्ञान अध्यात्म हो अथवा आफूदेखि आफूसम्मको यात्राको विज्ञानलाई नै अध्यात्म भनिन्छ, अहिलेको हामी सारा मानिसहरु बाहिरी संसार चिन्नलाई बाहिरी संसार जान्नलाई मस्त होडबाजी गरिरहेका छौं , ठिक विपरित आफूले आफूलाई जान्न खोज्ने, चिन्न खोज्ने महासागरको मार्गलाई अध्यात्म भनिन्छ ।
हामी हर्दसम्म बर्हिमसखी भएका छौं । बाहिरतिर फर्किएको हाम्रो दृष्टीगोचरलाई आफूतिर फर्काउने अथवा अन्र्तमखी बनाउन प्रेरित गर्ने विशाल ज्ञान गंगा अध्यात्म हो । हामी आफूले जानेका हरेक कुरालाई आफूले आर्जन गरेको ज्ञानलाई कण्ठस्थ गर्दछौं भने ठिक विपरित आफूले आर्जन गरेको ज्ञानलाई ह्दयस्थ गर्ने माध्यम अध्यात्म हो । ह्दयस्थको अर्थ व्यवहारमा उतार्नु हो । हामीले धर्म भित्र गरेका वा गरिएका पूजा अर्चना, बन्दना, गिता पाठ, भागवत पाठ आदि इत्यादिलाई ह्ृदयंगम गरी व्यवहारमा उतार्ने पाइला अध्यात्म हो । जसरी भौतिक ज्ञानले हरेक समस्याको समाधान पत्ता लगाइदिन्छ भने अध्यात्मले समस्या कोट्याएर समाधान हामी स्वयंलाई खोज्न सिकाउँदछ ।
हरेक ज्ञानको आ–आफ्नो क्षेत्रमा अचुक महत्व हुन्छ । अध्यात्मका पनि धेरै आयामहरु छन् धेरै चरणहरु छन् । अध्यात्म फगत आर्फैमा साधन होइन साध्य हो । केलाउन सक्ने हो भने भौतिक विज्ञानलाई प्रशस्त मार्ग दर्शन र निर्देशन दिने क्षमता राख्न सक्ने चेतनाको विराट स्वरुप अध्यात्म हो ।
हामीले थोरै भएपनि अध्यात्मको चर्चा गर्यौ । अध्यात्मिक बन्नका लागि भौतिकवादलाई पूर्ण रुपमा त्याग्नु पर्दछ भन्ने हुँदै होइन, भौतिकवाद भित्रको चिन्तन र चेतनालाई परिमार्जित गर्ने अथाह क्षमता अध्यात्मले राख्दछ । योग, ध्यान र प्राणायमको मार्गबाट हामी अध्यात्मिक जिवनको यात्रा आरम्भ गर्न सक्छौं। जस्तो आज हामी कसरत वा ब्यायामको लागि भौतिकता अन्तर्गतका विभिन्न बिधा अपनाउने गर्छौँ र गरिरहेका छौ।कोहि ब्याडमिन्टन, कोहि फुट्सल, कोहि भलिबल, कोहि जिम आदि।तर जब महामारीको समयमा हामी हुन्छौँ तब यी सबै बन्द प्राय हुन्छ्न, त्यो बेलामा हाम्रो शरिरले चाहेर पनि ब्यायाम गर्न सकिरहेका हँदैनौ ।
यस्तो अवस्थामा अध्यात्म बिज्ञानमा एउटा सानो कोठामा सिमित रहेर पनि हाम्रो शरीर, हाम्रो मन र हाम्रो समस्त प्रणालिको उत्तम बिधिले हामी भरपुर ब्यायाम गर्न सक्छौँ।योग,प्राणायाम,ध्यानको माध्यमबाट हामी पुर्ण रुपेणस् ब्यायामको साथसाथै अध्यात्मिक जिवनमा समेत प्रवेश गर्न सक्छौँ।के हो त प्राणायाम र ध्यान? महर्षी पतनजलिले इशापुर्व दोस्रो शताब्दिदेखी योगदर्शनको प्रतिपादन गरि योगका विभिन्न ८ प्रकारहरु (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी) अघि सार्नु भए बमोजिम प्राणायाम र ध्यान पनि योगको अंग हो।अहिलेको विषम र संक्रमणकालिन अवस्थामा त झनै यी बिधिहरु अत्यन्तै लाभदायक हुने तर्क योगका वरिष्ठ प्रवर्तक स्वामी रामेदव, जीवन बिज्ञानका जीवन बिकास विशेषज्ञ एल.पि. भानु शर्मा, रमेश नेपाल लगायतले भनिरहनु भएको छ।त्यसर्थ हामी प्राणायाम ध्यान र योगलाइ अंगिकार गरेर आफ्नो शरिरको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गरि दिर्घ र नैतिक जीवन जिउन सक्छौँ।अहिले विभिन्न सामाजिक सन्जालमा योग ध्यानका विधि र तरिका सजिलै पाउन सकिने भएकोले सम्पुर्ण जनहरुलाइ अनुकरण गर्न सुझाव ब्यक्त समेत गर्द्छु।आज यो सानो लेख मार्फत अध्यात्मलाइ कोट्य्याउन्र मात्र कार्य भएको छ यो विशाल ज्ञानगंगामा पौडिन हामी सबै तयार हौँ ।अरु चर्चा पछि गरौँला ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारमहामारी र अध्यात्म
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img