Homeसमाचारखान छैन, भाटा खाएर कसरी बस्नु ?

खान छैन, भाटा खाएर कसरी बस्नु ?

झापा १० बैशाख । बुधबार विहान विर्तामोडसहित झापाका अधिकतम क्षेत्रमा झरी थियो । त्यो झरीको पर्वाह थिएन उनीहरुलाई । पर्वाह थियो त भोकको । झरीमा रुझ्दै अर्जुनधारा नगरपालिका वडा नं.–६ बाट विर्तामोडस्थित पुरानो हिकोला रोड हुँदै मुख्य राजमार्गमा निस्किएका उनीहरुमा अर्को चिन्ता थियो घर जान पाइने हो कि होइन् भन्ने।
आफ्नी जीवन संगिनीसहित पानीमा भिझ्दै घर पुग्ने आशामा सडकमा निस्किएका उनलाई त्यो भन्दा पीडा थियो, भाटाको । तरकारी किन्न बाटोमा निस्किंदा एकएक अन्धाधुन्द भाटाले हिर्काएको उनीहरुले बताए । सोध्दै नसोधी, बुझ्दै नबुझी एकैचोटी आएर भाटा हान्यो–एन्नी राईले भनिन्–‘अझै दुखिराखेको छ ।’ भाटा हान्ने को थियो भन्ने जिज्ञासामा सोनामले थपे–‘खै पुलिसले खाटाको रे ।’


फिक्कलको आइतबारे घर भएका उनीहरुको उद्दारका लागि आफन्तले इलामबाटै दुधको ट्याङ्करमा भनिदिएपछि घर पुग्ने आशामा बाटोमा निस्किएका हुन् । पैसा अभावमा दुईदिनदेखि खान नपाएको उनीहरुले बताए । सोनामले भने–‘दुईदिन देखि केही खान पाएको छैन, भाटा खाएर कति दिन बस्नु ?’
भात खाने उपाय नभएपछि सुक्खा खानेकुरा खाएर भएपनि बाँच्ने आशले ग्यास चुलो समेत बेचेको उनीहरुले बताए । नहुँदा कसैले दिंदो रैनछ सोनामले भने–‘खानै नभएपछि ग्यास चुलो बेचेर म्यानेज गर्यौं त्यो पनि उपाय लागेन ।’
विगत ७/८ वर्षदेखि यातायात क्षेत्रका मजदुर रहेका उनीहरु विर्तामोडबाट दुई महिना अघि अर्जुनधारा–६ दासपुल नजिकै कोठा सरेको बताए । स्थानीय तहले राहत वितरण गरेको सुनेपनि आफू बसेको ठाउँतिर कतै पनि नबाँडेको बताउँदै भने–‘दिन्थ्यो कि दिंदैनथ्यो, तर हाम्रोतिर कतै पनि बाँडेन, भाडामा बस्ने खान नभएका धेरै थियौं खै बाँडेको छैन ।’
दश रुपैयाँको एउटा गुडलाईफ विस्कुट बाँडेर खाँदै गरेका उनीहरु मध्ये एन्नीले भनिन्–‘खान नपाएको दुई दिन भो एकदमै भोक लाग्यो के गर्नु ? रुममा भएको ग्यास पनि बेचेर कोठै छोडेर हिंड्यौं ।’
कोरोना संक्रमणमा परेका विश्वका अरु मुलुकमा राहत बाँडेको देखे सुनेका उनले सोनामले भने कुरै नबुझी भाटा हानेकोप्रति आपत्ति जनाउँदै भने–‘कोरोना फैलिएको अरु देशमा राहत बाँड्छन्, हाम्रोमा भाटा हान्छन्, के हुन्छ र यो देशमा ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखान छैन, भाटा खाएर कसरी बस्नु ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img