Homeसमाचारसमाचारदमकमा सहकारीले ठगि गरेको भन्दै उजुरी

दमकमा सहकारीले ठगि गरेको भन्दै उजुरी

दमक २३ फागुन । सहकारी संस्थामा बचत गरेको रकम हिनामिना गरेको तथा बचत फिर्ता नपाएको भन्दै दमकका दुई सहकारी संस्थाका बचतकर्ताले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका छन् । दमक नगरपालिका ६ मा कार्यालय रहेको नारायणी बचत तथा ऋण सहकारी संस्था र स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको बताएका छन् ।
नारायणी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले संस्थाले करोडौं रुपैयाँ हिनामिना गरेको आरोप उजुरीमा लगाएका छन् भने स्वर्गपुरीका बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीका व्यवस्थापक र शेयरधनीविरुद्ध जाहेरी दिएका छन् ।
नारायणी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रकम झिक्न नपाएको बचतकर्ता जनीमाया मगरले बताइन् । विगत केही महिनायता आफूले बचत गरेको १३ लाख ६५ हजार रुपैयाँ फिर्ता गर्न खोजे पनि नपाएको उनको भनाई छ । त्यस्तै एकलाख भन्दा बढी रकम बचत गरेका अमृतबहादुर थापालाई रकम झिक्न जाँदा व्यवस्थापकले लगानी गरेको रकम उठेन भनेर फर्काउने गरेको बताए ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार सहकारीका ५१ जना बचतककर्ताले सहकारीका अध्यक्ष घनश्याम नेपाल, उपाध्यक्ष चन्द्रप्रसाद अधिकारी, सचिव अजुृनबहादुर राउत, व्यवस्थापक भूपालमान कार्की, लेखापाल इन्दिरा राना विरुद्ध एककरोड १६ लाख २८ हजार २२५ रुपैयाँ हिनामिना गरेको आरोपमा उजुरी दिएका छन् ।
एता स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई कुनै सूचना नै नगरी सहकारी संस्था बन्द गरेको दुर्गा मिश्रले बताए । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि कार्यालय नै बन्द गरेको जानकारी दिंदै बचत फिर्ताको माग गर्दै आफूसहित निक्षेपकर्ताले बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएको बताए । बचतकर्ताले ३६ लाख ७७ हजार बढी रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक सोगनप्रसाद राजवंशी, शेरमान राई, गौरव राजवंशीलगायत विरुद्ध जाहेरी दिएका हुन् ।
संस्थाको ४४ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा दमक ५ स्थित माइपश्चिम बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अमर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । व्यवस्थापक विरुद्ध गत माघमा सोही सहकारीका उपाध्यक्ष चुडामणी कटुवालले जाहेरी दिएका थिए । श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारदमकमा सहकारीले ठगि गरेको भन्दै उजुरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img